मुख्य समाचार
संयुक्त अरब ईमिरेट्स (यूएई) भिजिट भिसामा कडाइ गरेसँगै नेपालीहरूको गन्तव्य फेरिन थाले
संयुक्त अरब ईमिरेट्स (यूएई) भिजिट भिसामा कडाइ गरेसँगै नेपालीहरूको गन्तव्य फेरिन थाले

। संयुक्त अरब ईमिरेट्स (यूएई) भिजिट भिसामा कडाइ गरेसँगै नेपालीहरूको गन्तव्य फेरिन थालेको छ ।

भिजिट भिसाका प्रमुख गन्तव्य मुलुक बनेको यूएईले भिजिट भिसामा नेपालीलाई कडाइ गरेको छ । जसले गर्दा भिजिट भिसामा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने गिरोहहरूको गन्तव्य फेरिन थालेको हो ।

यूएईलाई डेस्टिनेशन बनाउँदै आएका गिरोहहरूले यतिबेला कतार तथा ओमानलाई नयाँ गन्तव्यको रूपमा प्रयोग गर्न थालेका हुन् । यसअघि भिजिट भिसामार्फत दुबई लैजाने गरेका थिए । त्यहाँबाट कुवेत, ओमान, बहराइन, इरान लगायतका देशमा पठाउने गरेका थिए । त्यसमा विशेषगरी महिलाहरूलाई घरेलु श्रमिकको रूपमा दुबईबाट बेच्ने गरेका थिए ।

यूएईले भिजिट भिसामा रोक तथा कडाइ गरेसँगै मानव तस्करको गिरोहले कतार र ओमानतर्फ केन्द्रित हुन थालेका हुन् । एक म्यानपावर व्यवसायीका अनुसार यूएईमा भिजिट रोकिएपछि एजेन्टहरू ओमानतर्फ केन्द्रित हुन थालेका हुन् ।



‘भिजिट भिसामार्फत दुबई लैजाने गरेका थिए । यतिबेला कडाइ गरेपछि मानव तस्कर गिरोहको अर्को गन्तव्यको रूपमा ओमान देखिएको छ । विगतको तुलनामा कतारमा पनि बढेको छ,’ ति व्यवसायीले भने ।

असोज सात गते अध्यागन विभागले विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूसँग छलफल गरेको थियो । छलफलका क्रममा ओमानस्थित नेपाली राजदूतावासका अधिकारीहरूले समेत त्यसतर्फ ध्यानाकर्षण गराएका थिए ।

छलफलका क्रममा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले भिटिज भिसामार्फत ओमानतर्फ आउनेहरूको संख्या बढ्न सक्ने बताएका थिए । छलफलमा सहभागी विभागका एक अधिकारीका अनुसार राजदूत अर्यालले यूएईमा भिजिट भिसा रोकिएपछि त्यसको डेस्टिनेशन ओमान हुनसक्ने बताएका थिए ।

ओमनसँगै भिजिट भिसाको अर्को गन्तव्य देश हो- कतार । नेपालबाट भिजिट भिसामार्फत कतार लैजाने र त्यहाँबाट अन्य मुलुकमा कामको लागि पठाउने गरेको पाइन्छ ।

कतारस्थित नेपाली राजदूतावासले समेत त्यसतर्फ सचेत रहन अनुरोध गरेको छ । एक सूचना जारी गर्दै दूतावासले तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाईदिने भनी ठगी कार्य बढेको बताउँदै त्यसतर्फ सचेत रहन भनेको हो ।

ओमानस्थित नेपाली दूतावासका श्रम सहचारी दामोदर ज्ञवालीले पछिल्लो समय भिजिट भिसामार्फत् ओमान आउने नेपालीको संख्या बढिरहेको बताए ।

घरेलु कामदारका रूपमा ओमान पुग्ने नेपाली महिलाको संख्या तीव्र गतिमा बढिरहेको ज्ञवालीको भनाइ छ । उनका अनुसार भिजिट भिसा सहज भएका कारण ओमान तिर आउने नेपालीको संख्या बढेको हो ।

‘हाम्रो दूतावासले पनि पछिल्ला दिनमा भिजिट भिसामा ओमान आउने नेपालीको संख्या बढ्दो अवस्थामा देखेको छ,’ ज्ञवालीले अनलाइनखबरसँगको कुराकानीमा भने ।

ज्ञवालीका अनुसार हाल ओमानमा करिब २५ हजार नेपाली छन् । तीमध्ये १२ हजारभन्दा बढी महिला घरेलु कामदार रहेको अनुमान छ । ‘भिजिट भिसामा आउने र ओमान पुगेपछि घरेलु कामदारका रूपमा काम गर्न लाग्ने महिलाहरूको संख्या ह्वात्तै बढेको उनको उनको भनाइ छ ।

दूतावासका अनुसार भिजिट भिसामा आएका धेरै नेपाली ओमान पुगेपछि रोजगारका नाममा ठगीमा पर्ने, काम नपाउने वा शारीरिक तथा मानसिक यातनामा पर्ने गरेका छन् ।

‘एजेन्टहरूले नेपालमै ललाई–फकाई गरेर भिजिट भिसामा पठाउँछन्, यहाँका अवैध अफिसहरूसँग मिलेर घरेलु कामदारका रूपमा पठाइन्छ,’ ज्ञवालीले भने, ‘तर काम सोचे जस्तो नहुँदा उनीहरू भागेर दूतावास आउँछन् । अहिले दूतावासको सेल्टरमा २१ जना महिलाहरू छन् ।’

ओमानमा लागू कफाला (स्पोन्सरसिप) प्रणालीले उद्धार र फर्किने प्रक्रिया झन् कठिन बनाएको ज्ञवालीले बताए । ‘कफाला कानुनअनुसार स्पोन्सरले भिसा क्यान्सिल नगरेसम्म र एग्जिट अनुमति नदिएसम्म कुनै पनि श्रमिकलाई फर्काउन सकिँदैन,’ उनले भने, ‘कसैलाई उद्धार गरेर नेपाल पठाउन महिनौँ लाग्छ, कहिलेकाहीँ स्पोन्सरले उल्टै मुद्दा पनि हाल्ने गर्छ ।’

धेरै श्रमिकसँग कागजात र प्रमाण नभएकाले कानुनी प्रक्रियाबाट न्याय पाउन कठिन हुने गरेको दूतावासको भनाइ छ । ओमानमा नेपाली घरेलु कामदार पठाउने विषयमा नेपाल सरकारले आधिकारिक रूपमा अनुमति दिएको छैन । तरपनि भिजिट भिसामार्फत ओमान पुग्ने र त्यहाँबाट घरेलु कामदारको रूपमा काम गर्न पाउने गरेका छन् ।

ओमानसँगै कुवेतमा समेत भिजिट भिसामार्फत् घरेलु कामदारको रूपमा जानेहरू बढ्दो क्रममा छ । कुवेतमा हाल ६० हजारको हाराहारीमा नेपाली घरेलु श्रमिक महिला छन् ।

वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेका अनुसार नेपालका एजेन्टले महिलालाई दुबई घुम्न जाने बहानामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा पठाउँने गरेका थिए । तर, अब दुबईमा भिजिट भिसामा बन्द गरेपछि बाटो फेरिन लागेको गोलेको भनाइ छ ।

‘विमानस्थलमा फाटेको चप्पल र सामान्य लुगामा आउनेलाई पनि सेटिङका आधारमा जान दिइन्छ,’ गोलेले भने, ‘दुबई पुगेपछि त्यहाँबाट फेरि भिजिट भिसामा कुवेत पठाउने गर्थे ।’

कुवेत पुगेपछि त्यहाँका एजेन्टको कार्यालयमा महिलालाई भेडाबाख्रा जस्तै थुपारिन्छ र उनीहरूको उमेर र सुन्दरता हेरेर ३ लाखदेखि साढे ३ लाख नेपाली रुपैयाँ (६०० देखि ७०० कुवेती दिनार) मा दुई वर्षका लागि ‘बेचिन्छ’ ।

नेपालको एयरपोर्टमा के के भन्ने हो भनेर सबै सिकाउने गरेका छन् । दलालले उता एयरपोर्टमा सबै सेटिङ मिलाइसकेका हुन्छन् । सोही आधारमा भिजिट भिसामा जान आवश्यक ५ सय डलरसमेत त्यही दलालले गोजीमा राखिदिने र सबै सेटिङ मिलाएर पठाउने गरेको गोलेको भनाइ छ । युएईले कडाइ गरेपछि उनीहरूको गन्तव्य फेरिएको गोलेले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नयाँ बानेश्वरस्थित भाडामा प्रयोग गरिँदै आएको संघीय संसद्को सम्झौता रद्द गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएपछि खण्डहर बनेको छ । अहिले प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेकाले भाडा सम्झौता रद्द गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । मुलुकी देवानी संहिता, २०७४ को दफा ५३१ को उपदफा (२) ...
। बिहीबार माइतीघरबाट पक्राउ परेका निकोलस भुसाल भनिने कमल भुसाललाई सुधार गृह लैजाने भन्दै उनका सहोदर दाजु सागर भुसालले जिम्मा लिएको खुलेको छ । २३ असोज (बिहीबार) मा माइतीघरमा प्रदर्शन गर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति बेगर माइतीघरमा प्रदर्शन गर्ने भन्दै उनीसहितका व्यक्तिहरू बिहीबार उत्रिएका थिए । त्यसपछि प्रहरीले ...
। निवर्तमान गृहमन्त्री रमेश लेखकले अहिलेको समय उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा उनले यस्तो बताएका हुन् । जेनजी आन्दोलनको पहिलो दिन नै पदबाट राजीनामा दिएका गृहमन्त्री लेखकले जेनजी पुस्ताले उठाएको विषयलाई बुझेर अघि बढ्नुपर्ने बताए । ‘जेनजी पुस्ताले जे माग उठाउनुभएको छ ...
। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफूले राजीनामा दिने चेतावनी नदिएको प्रष्ट पारेका छन् । सचिवालयमार्फत एक विज्ञप्ति जारी गर्दै उनले विभिन्न सञ्चारमाध्यममा आफूले राजीनामा दिने चेतावनी दिएकोसम्बन्धी समाचार आएको भन्दै त्यसको खण्डन गरेका हुन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत भएको सुरक्षा बैठकमा यस्तो ...
। निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता ...