। इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।