मुख्य समाचार
गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन विभिन्न देशका प्रतिनिधि संलग्न कार्यदल गठन
गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन विभिन्न देशका प्रतिनिधि संलग्न कार्यदल गठन

। गाजामा मारिएका बन्दीहरूको शव पत्ता लगाउन विभिन्न देशका प्रतिनिधि संलग्न कार्यदल गठन हुने भएको छ ।

गाजा युद्धमा मारिएकाहरूको शव रहेको स्थान पत्ता लगाउन कठिनाइ पर्ने देखिएपछि अमेरिका, इजरायलसहितका देश सम्मिलित कार्यदल गठन गर्ने सहमति भएको हो ।

यस्तो कार्यदलमा इजरायल र गाजामा संघर्षरत हमासबीच युद्धविराम गराउन मध्यस्थता गरेका कतार, इजिप्ट र टर्कीका प्रतिनिधि समेत सामेल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

टर्कीका एक वरिष्ठ अधिकारीका अनुसार उक्त कार्यदलको नेतृत्व र समन्वय साझा रूपमा गरिनेछ ।

कार्यदलमा प्रतिनिधित्व गर्ने देशहरूले प्राविधिक, सूचनात्मक र मानवीय सहयोग उपलब्ध गराउनेछन् ।

टर्कीले यसअघि इजिप्टमा सम्पन्न युद्धविराम तथा बन्दी सम्झौताका वार्तामा पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

ती वार्तामा अमेरिका, कतार र इजिप्टले संयुक्त रूपमा मध्यस्थता गरेका थिए ।

मध्यस्थकर्ता देशका प्रतिनिधिसहित इजिप्टको शर्म अल–शेखमा इजरालय र हमासबीचको वार्तामा गाजामा मारिएका बन्दीहरूको शव खोज्न कार्यदल गठन गर्ने सहमति भएको इजरायली समाचार संस्था टाइम्स अफ इजरायलले जनाएको छ ।

इजिप्टको कायरोमा भएको वार्तापछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच युद्धविराम र बन्दी मुक्तिको सम्झौता भएका घोषणा गरेका थिए ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार गाजास्थित विद्रोही समूह हमासले अहिले पनि ४८ जना इजरायली बन्दीहरूलाई नियन्त्रणमा राखेको उल्लेख गरेका छन् ।

तीमध्ये २० जना जीवित रहेको, २६ जनाको मृत्यु पुष्टि भएको र बाँकी दुई जनाको अवस्था अज्ञात रहेको इजरायली अधिकारीहरूको भनाइ छ ।

बन्दीहरूमध्ये एक इजरायली सैनिक सन् २०१४ को गाजा युद्धका क्रममा मारिएका थिए ।

ट्रम्पले सार्वजनिक गरेको समझौताअनुसार युद्धविराम सुरु भएको ७२ घण्टाभित्र हमासले गाजाबाट सबै बन्दीहरू इजरायल फिर्ता गरिसक्नुपर्नेछ ।

कायरोमा भएको वार्ताका क्रममा हमासका प्रतिनिधिले गाजामा केही मृत बन्दीहरूको शव कहाँ छ भन्ने यकिन नरहेको बताएका थिए ।

हमासले ती शव फेला पार्न कठिनाइ हुने र तोकिएको म्यादमा सबै फिर्ता गर्न नसकिने जवाफ दिएको छ । इजायली पक्षले भने ढिलो भए पनि सबै शव फिर्ता हुने विश्वास व्यक्त गरेको टाइम्स अफ इजरायलले लेखेको छ ।

इजरायलका बन्दी मामिला संयोजक गल हिर्शका अनुसार यस्तो जटिलता हुने अनुमान अनुसार नै अन्तर्राष्ट्रिय कार्यदल गठनको पहल गरिएको हो ।

‘हामीले अपेक्षित कठिनाइका कारण यो टास्कफोर्स गठन गरेका हौं, जसले आवश्यक स्रोत, जानकारी र उपकरण प्रयोग गरेर सबै बन्दीहरूलाई इस्रायल फिर्ता ल्याउनेछ,’ हिर्शले भनेका छन् ।

सम्झौताअनुसार बन्दीहरू फिर्ता गर्ने सर्तमा इजरायलले सयौं पालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ, जसमा इजरायली नागरिकमाथि आक्रमणमा दोषी ठहरिएका व्यक्ति पनि समावेश छन् ।

हमासले सबै मृत बन्दीहरूको ठेगाना फेला पार्न नसक्ने तीन जना इजरायली अधिकारीहरूले बताएका सीएनएनले उल्लेख गरेको छ ।

एक अधिकारीले ७ देखि ९ जनाको शव फेला नपर्ने अनुमान गरेका छन् भने अर्काका अनुसार यो संख्या १० देखि १५ बीचमा हुनसक्छ ।

अधिकारीहरूले गरेको यी मूल्याकंन इजरायली गुप्तचर निकाय र इजिप्टमा जारी वार्ताबाट प्राप्त सूचनामा आधारित छन् ।

हमासले यसअघि जनवरीदेखि सन् २०२५ को मार्च बीचमा भएको युद्धविरामका क्रममा ३० बन्दीहरू जसमा २० इजरायली नागरिक, ५ जना सैनिक र ५ जना थाईल्याण्डका नागरिक तथा ८ जनाको शव फिर्ता गरेको थियो ।

मे महिनामा अमेरिकासँग सम्बन्ध सुधार्ने संकेतस्वरूप हमाले एक अमेरिकी–इजरायली नागरिकलाई मुक्त गरेको थियो ।

यसअघि सन् २०२३ नोभेम्बरको अन्त्यमा सात दिनको युद्धविरामका क्रममा १०५ नागरिकहरूलाई मुक्त गरिएको थियो भने त्यसअघि ४ बन्दीहरू छाडिएको थियो ।

यसको साटोमा इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदी, विद्रोही र युद्धकै क्रममा पक्राउ परेका गाजाका बासिन्दालाई रिहा गरेको थियो ।

युद्ध सुरु भएपछि हालसम्म इजरायली सेनाले ८ बन्दीहरूलाई जीवित उद्धार गरेको छ भने ५१ जनाको शव फेला पारेको छ ।

तीमध्ये तीन जनाको मृत्यु भुलवस इजरायली सेनाकै गोलीबाट भएको पुष्टि भएको छ ।

कायरोमा भएको वार्ताले अन्तर्राष्ट्रिय कार्यदल गठन गरेपछि अब गाजामा रहेका सबै बेपत्ता बन्दीहरूको खोज तथा उद्धार प्रक्रियालाई संयोजन गर्दै अघि बढाइनेछ ।

यो कदमले युद्धविराम कार्यान्वयनलाई स्थायित्व दिने र मानवीय संकट कम गर्न सहयोग पुग्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम