मुख्य समाचार
बागमती प्रदेश सरकारले गत भदौ अन्तिमदेखि निश्चित शिर्षकबाहेकका खर्चमा बजेट रोक्का
बागमती प्रदेश सरकारले गत भदौ अन्तिमदेखि निश्चित शिर्षकबाहेकका खर्चमा बजेट रोक्का

। बागमती प्रदेश सरकारले गत भदौ अन्तिमदेखि निश्चित शिर्षकबाहेकका खर्चमा बजेट रोक्का गरिराखेको छ ।

२० साउनमा इन्द्रबहादुर बानियाँ नेतृत्वको नयाँ सरकार गठन भएसँगै चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा संशोधन गर्ने कि पूरक बजेट ल्याउने भन्ने विषय नटुंगिएसम्मका लागि बजेट रोक्का गरि राखिएको हो । गत ३ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चालू बजेट पुनरावलोकन गर्ने निर्णय गरिसकेको थियो ।

उक्त मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पुनरावलोकन गर्न अध्ययनका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठक बस्नुअघि २ असोजमा मुख्यमन्त्री कार्यालयमा भएको सर्वदलीय बैठकले बजेटको खर्च कटौती गर्ने सैद्धान्तिक सहमति पनि भएको थियो ।

जेन–जी आन्दोलनको ९ दिनपछि मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले अनावश्यक खर्च कटौती गर्ने र प्रशासनिक संरचना हेरफेर गर्ने सहमति गरेको हो । सर्वदली सहमतिको आधारलाई टेकेर सरकारले भोलिपल्टको मन्त्रिपरिषद्बाट बजेट पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।



वर्तमान स्थितिको विषम परिस्थितिमा बजेटको पनि अभाव हुने देखिएको, प्रदेश भरको प्रशासनिक पुर्नसंरचनाको लागि थप आर्थिक भार पर्ने भएको हुनाले बजेटको पुनरवालोकन गर्ने निर्णय गरिएको आर्थिक मामिलामन्त्री प्रभात तामाङले जनाए ।

त्यसयता आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका सबै मन्त्रालयलाई पत्राचार गरेर बजेटमा हेरफेर गर्न सकिने विवरणहरु माग गरेको छ । बिहीबारसम्म सबै मन्त्रालयले माग गरिएको बजेटको विवरण आर्थिक मामिलामा पठाइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयगत विवरणहरुलाई एकीकृत गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पठाइने मन्त्रालयका प्रवक्ता उपसचिव श्रीकृष्ण आचार्यले जानकारी दिए । सोहि प्रतिवेदनका आधारमा सरकारले बजेटबारे नयाँ निर्णय गर्नेछ ।

सरकार बजेट हेरफेरको तयारीमा लागेपछि गत भदौ अन्तिमबाट दुई वटा शिर्षक बाहेकका योजनाहरु रोक्का राखेको प्रवक्ता आचार्यले बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्मचारी तथा पदाधिकारीहरुको तलब भत्ता र पुरानो कार्यक्रमहरुको दायित्व सिर्जना भइसकेको अनिवार्य दायित्व शिर्षकको मात्रै खर्च गर्न पाउने गरी खुला गरेको हो ।

बजेटका बाँकी सबै शिर्षकबाट खर्च गर्न नमिल्ने गरी बजेट रोक्का गरिएको आचार्यले जानकारी दिए । उनकाअनुसार सरकारले बजेट बारे नयाँ निर्णय नगरेसम्म बजेट रोक्का नै रहनेछ । ‘सरकारले गर्न लागेको बजेट संशोधनको प्रक्रियाका लागि रोक्का गरिएको हो । सरकारले एउटा निर्णय लिएपछि खुलाउँछौं ।’ उनले भने ।

यता सरकारमा भने पूरक बजेट ल्याउने की संशोधन गर्ने भन्ने विषय अझै टुंगिएको छैन । आर्थिक मामिलामन्त्री प्रभात तामाङले पूरक बजेट ल्याउने की संशोधन मात्रै गर्ने भन्ने विषयमा दलहरुबीच सहमतिको प्रयास भइसकेको जानकारी दिए । अनलाइनखबरसँग कुरा गर्दैै उनले भने, ‘कांग्रेस, एमालेलगायतका दलको बैठक बस्दैछ । त्याहाँ हुने निर्णयबाट पूरक बजेट ल्याउने की संशोधन गर्ने भनेर टुंगो लाग्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पूरक बजेटको विपक्षमा देखिएको छ । २३ असोजमा सरकारलाई ज्ञापन पत्र बुझाउँदै माओवादीले अनावश्यक खर्च कटौती गरेर चालू आवकै बजेट कार्यान्वयन गर्नुपर्ने, मन्त्रालय संख्या घटाउनुपर्नेलगायतका विषय उठाएको दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले सरकारले गर्ने निर्णयअनुसार बजेट कार्यान्वयन गर्न तयारी अवस्थामा देखिएको छ । ‘सरकारले गर्ने निर्णयअनुसार बजेट कार्यान्वयनका लागि हामी तयारी अवस्थामा छौं । के गर्ने भनेर पहिला सरकारले टुंग्याउन पर्‍यो,’ मन्त्रालयका सचिव झलकराम अधिकारीले भने ।

निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले १ असारमा ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरुवातदेखि नै विवादित बनेको थियो । बजेटमाथिको विवाद समाधानका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई–दुई जना प्रतिनिधिको अध्ययन कार्यदल गठन गरेर बजेटमा भएको बदनीयत र त्रुटीको अध्ययन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...