मुख्य समाचार
मलेसियामा हृदयाघातबाट रौतहटका महतोको मृत्यु
मलेसियामा हृदयाघातबाट रौतहटका महतोको मृत्यु

। छोरीहरूको उज्ज्वल भविष्य बनाउन रौतहट देवाही गोनाही नगरपालिका–८ का ३५ वर्षीय उत्तिम महतो वैदेशिक रोजगारीका लागि मलेसिया गएको एक दशक भएको थियो । दशक लामो अवधि मलेसिया बसेर सन् २०१९ मा नेपाल फर्किएका थिए ।

परिवारको आर्थिक जिम्मेवारी बोकेका उनी ५ छोरीहरूको भविष्य बनाउने सपना लिएर मलेसिया गएका उनको त्यो सपना अधुरै रह्यो । १ अक्टोबर २०२५ मा हृदयाघातका कारण उनको निधन भयो ।


मलेसियास्थित जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका अनुसार महतोको मृत्युको कारण ‘मायोकार्डियल इन्फाक्र्सन’ देखाइएको छ, जसमा हृदयमा रगत आपूर्ति रोकिँदा वा अत्यधिक कम हुँदा हृदयको कोषिका मर्छन् ।

‘उनी धेरै नै धार्मिक प्रवृत्तिका थिए, रक्सी, चुरोट, खैनी केही पनि सेवन गर्दैनथे,’ थापाले भने, ‘मृत्यु हुनुभन्दा केही घण्टाअघि उनले छाती दुखेको बताएका रहेछन् ।’



छाती दुखेपछि उनी नजिकैको निजी क्लिनिक पुगेका थिए । तर, क्लिनिकले ठूलो अस्पताल जान सल्लाह दिएको थियो ।

‘क्लिनिकको रिफरपछि ठूलो हस्पिटल लगियो, इमर्जेन्सीमा भर्ना गरेपछि करिब एक घण्टामै चिकित्सकले उनलाई मृत घोषणा गरे,’ थापाले भने ।

थापाका अनुसार सुरुमा मुटु दुख्यो, छाती दुख्यो भन्नुभएछ, दुख्यो भनिसकेपछि नजिकको क्लिनिकमा लगियो । क्लिनिकले रिफर गरिदियो । त्यो चिठी लिएर गएर एपोइन्टमेन्ट ल्याइसकेपछि ठूलो अस्पताल लगिएको थियो ।

‘लगिसकेपछि इमर्जेन्सीमा भर्ना गरियो, तर भर्ना गरेको १ घण्टामा अस्पतालले मृत घोषणा गरिदियो,’ थापाले भने ।

परिवारको बिचल्ली

मृतक महतोका कान्छा भाइ रामबालकका अनुसार उनका ५ छोरी छन् । श्रीमती र छोरीहरू गाउँमा बस्दै आएका छन् । तर, श्रीमानको मृत्युको खबरले श्रीमती अचेत छिन् ।

दाजुको मृत्युपछि परिवारको बिचल्ली हुने भाइ रामले बताए । ‘एकदमै कमजोर आर्थिक अवस्था छ, दाइले नै ५ छोरी पढाउने, घर खर्च चलाउन पैसा पठाउनुहुन्थ्यो,’ भाइ रामले दुःखेसो पोखे, ‘जग्गा पनि छैन, कसैको आम्दानी पनि छैन, छोरीको बिहे गर्ने उमेर भइसक्यो, एकदमै गाह्रो भयो, दाइ नै परिवारमा कमाउने एक्लै थियो ।’

महतोको मृत्युको खबर गाउँकै एक जना दाइबाट परिवारले पाएको थियो । ‘गाउँकै दाइले बेलुका ५ बजेतिर कल गरेर उहाँको मृत्यु भइसक्यो भन्नुभयो,’ रामले भने ।

१ अक्टोबर बिहान ९ बजेतिर मृत्यु भएकोमा परिवारले बेलुका ५ बजेतिर थाहा पाएको थियो ।

मलेसियामा कोभिड–१९ पछि स्वास्थ्य सेवा लिन एपोइन्टमेन्ट प्रणाली लागु भएकाले आपतकालीन अवस्थामा पनि ढिलाइ हुने गरेको छ । जसले गर्दा बिरामी परेकाहरू सिधै ठूलो अस्पतालमा उपचार गराउन जान सक्दैनन् ।
विदेशमै रहेर उनले कमाएको सबै आम्दानी परिवारको गुजारा चलाउन पठाउने गर्थे । उनको मृत्युले परिवार एकातिर शोकाकुल छ भने अर्कातिर भविष्यको चिन्ता बढेको छ।

महतोका छोरीहरू बुबाको प्रतीक्षामा थिए । तर, उनीहरूलाई फर्केर आउने सग्लो मान्छे होइन, ‘बुबा अब कहिल्यै नफर्कने’ खबर मात्रै आएको छ ।

लामो समयदेखि मलेसियामा बस्दै आएका जनउद्धार केन्द्र मलेसियाका थापा दशैं मान्न लागि नेपाल आएका थिए । घरमै रहेका बेला मलेसियाबाट साथीहरूले महतोको मृत्युबारे जानकारी गराएका थिए ।

त्यसपछि उनले नेपालबाटै समन्वय गर्दै आएका थिए । उनको मृत्युपछि शव नेपालसम्म ल्याउन कम्पनीसँग समेत उनले नै पहल गरेका थिए । कम्पनीलाई भनेपछि कम्पनीले उनको शव नेपालसम्म ल्याउन सहयोग गरेको थापाको भनाइ छ ।

जनउद्धार मलेसियाको पेनाङ राज्यस्थित टोली सक्रिय भएर उनको शव नेपाल ल्याउने काम गरिएको बताए ।

‘हामीसँग स्थानीय सम्पर्क समिति, मगर संघ, तामाङ संघ, तमु समाज लगायत संघसंस्थासँग समन्वय हुन्छ, त्यसैले घटना तुरुन्तै थाहा पाउँछौं, त्यही संस्थामार्फत शव ल्याउने काम गरियो,’ उनले भने ।

शव पठाउन कम्पनी, मलेसियास्थित नेपाली दूतावास र जनउद्धार केन्द्रले सहजीकरण गरेका थिए । ‘शव पठाउन झन्डै ४ देखि ६ हजार रिंगिट खर्च पर्छ, यो खर्च कम्पनीले नै बेहोरेको हो,’ थापाले भने ।

मलेसियामा कोभिड–१९ पछि स्वास्थ्य सेवा लिन एपोइन्टमेन्ट प्रणाली लागु भएकाले आपतकालीन अवस्थामा पनि ढिलाइ हुने गरेको छ । जसले गर्दा बिरामी परेकाहरू सिधै ठूलो अस्पतालमा उपचार गराउन जान सक्दैनन् ।

‘पहिले जस्तो सिधै अस्पताल जान पाइँदैन, सरकारी क्लिनिकले रेफर गरेपछि मात्रै ठूला अस्पतालमा जान मिल्छ,’ थापाले भने, ‘त्यही कारण धेरै नेपालीले समयमै उपचार पाउँदैनन् ।’

मलेसियामा नेपालीलाई बढ्दो हृदयाघात

मलेसियामा मृत्यु हुने नेपालीको संख्या बढ्दो क्रममा छ । मलेसियास्थित नेपाली दूतावासले मासिक ३० देखि ४० नेपालीको शव नेपाल पठाउने गरेको छ ।

पहिले औसत दिनमा एक जनाको मृत्यु हुने गरे पनि अहिले यो दर बढेर करिब १.३ जना प्रतिदिन पुगेको छ । गत आर्थिक वर्ष मलेसियाबाट ३ सय २७ नेपाली श्रमिकको शव नेपाल ल्याइएको थियो ।

‘मलेसियाको तापक्रम सधैं ३० डिग्री सेल्सियसभन्दा माथि हुन्छ, लगातार काम गर्ने, पानी कम पिउने र अत्यधिक गर्मीमा बस्ने बानीले हृदयाघात र स्ट्रोकको जोखिम बढाएको छ,’ थापाले भने ।

मलेसियामा काम गर्न जानेहरू अत्यधिक गर्मी क्षेत्रमा जान्छन् । पसिना धेरै आउँछ । तर, पानी धेरै पिउँदैनन् । दिनभरि गर्मीमा काम गरेर बेलुका गएर फेरि फ्यान लगाएको कोठामा सुत्छन् । जसले गर्दा राति सुतेको अवस्थामा बिहान मृत फेला पर्ने गरेको उनको भनाइ छ ।

मलेसियामा ७०–८० भन्दा बढी नेपाली संघसंस्था सक्रिय छन् । जसमा जातीय, सामाजिक र राजनीतिक छन् । तर, एकताबद्ध भएर काम गर्न नसक्दा पीडित नेपालीलाई समयमै सहयोग पुर्‍याउन कठिनाइ भएको थापाको भनाइ छ ।

‘सबैलाई समस्या थाहा छ, तर एउटै प्लेटफर्ममा काम गर्ने संस्कार छैन, दूतावासले पनि आफ्नो क्षमता अनुसार प्रयास गर्छ, तर जनशक्ति कम छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ। मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित ...
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम