मुख्य समाचार
डोटीमा ईभी हाइस दुर्घटना एक जनाको मृत्यु, ८ जना गम्भीर
डोटीमा ईभी हाइस दुर्घटना एक जनाको मृत्यु, ८ जना गम्भीर

: डोटीमा ईभी हाइस दुर्घटना भएको छ । जोरायल गाउँपालिका - १ गोल्डेन स्थित भिमदत्त राजमार्गमा आज बिहान करिब ५:३५ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


अछामबाट धनगढी तर्फ जाँदैगरेको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको ईभि हाइस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको मृत्यु भएको र आठ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा अन्य १० जना घाइते भएका र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।



अछाम जिल्ला मङ्गलसेन नगरपालिका-९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरूको उद्धार गरी उपचारको लागि कैलाली अत्तरिया स्थित पद्मा अस्पतालमा पठाइएको छ ।


गम्भीर घाइते हुनेहरुमा अछाम, मङ्गलसेन नगरपालिका-९ का लोकेन्द्र रावल, एकेन्द्र बिक, मोतिकला परियार, बिराज परियार, भिम ब. ढोली, सृष्टी परियार, बिनोद परियार, मनसरी परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लार्केपास पदयात्राका क्रममा लेक लागेर मृत्यु भएका एक जना पर्यटकको शव हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। चुमनुब्री गाउँपालिका–१ लार्केपासको ५१०० मिटर उचाइमा पुगेपछि लेक लागेर मृत्यु भएका भक्तपुरको मध्यपुर नगरपालिकाका २४ वर्षीय रोहन प्रजापतिको शव शुक्रबार हेलिकोप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। साथीहरूसँग लार्केपास पदमार्गमा गएका प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु ...
: सिन्धुलीमा पौडी खेल्ने क्रममा सुनकोसी नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको फिक्कल गाउँपालिका–४ खाङसाङबेसीस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुब्दा १७ वर्षीय शिखर ढकालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्य प्रकाश सुवेदीका अनुसार शुक्रबार दिउँसो नदीमा पौडी खेल्न गएका ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए। नदीमा बेपत्ता ढकालको साँझ ...
: टोखा नगरपालिका–२ चण्डेश्वरीमा पाँचथरका एक युवकको हत्या भएको छ । टोखा चण्डेश्वरी बस्ने ४० वर्षीय राम लिम्बूलाई उनकै साथीहरूले फलामको रड प्रहार गरी हत्या गरेका हुन् ।जिल्ल प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार बिहीबार राती लिम्बूको हत्या भएको हो। हत्या आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ल प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन ...
: राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन्। शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका हुन्। राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने ...
: अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको बताएकी छन्। शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाएकी हुन्। प्रधानमन्त्री कार्कीले जेनजीहरू सबैको छोरा– नाति भएकाले उनीहरूले किन यस्तो असन्तुष्टि ...