मुख्य समाचार
संसद् पुनर्स्थापना गर्नुपर्ने पक्षमा कांग्रेस
संसद् पुनर्स्थापना गर्नुपर्ने पक्षमा कांग्रेस

: नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ। बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेताहरु बोल्नेक्रम बाँकी रहेकाले आज पनि बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।


बैठकमा पार्टीको महाधिवेशन निर्धारित समयमा गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेबारे नेताहरूबीच मतभेद रहेको उनको भनाई छ। कांग्रेसले निर्वाचनसँगै संसद् पुनर्स्थापनाको विकल्प खुला राखेर जाने भएको छ। शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता महतले निर्वाचनसँगै संसद् पुनर्स्थापनाको विकल्प खुला राखेर जान कांग्रेस तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए। उनले भने, ‘निर्वाचन हुन्छ हुँदैन भन्ने कुरा पनि अन्योलमा परेको छ। हामीले संसद् पुनर्स्थापना बाटो पनि खुला राख्नुपर्छ।’



सरकार निष्पक्ष रूपमा चुनावको वातावरण बनाउन गम्भीर नदिखिएको कांग्रेसको ठहर छ। ‘संवैधानिक प्रबन्धअनुसार त यो सरकार बनेको होइन । तर, निर्वाचन गर्ने तिथिमिति तोकिएको छ । कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न । उनले भने, ‘जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरा नकार्न सक्दैनौं । तर, सरकार निष्पक्ष रूपमा चुनावको वातावरण बनाउन गम्भीर देखिएको छैन । त्यसैले निर्वाचन गराउँछ कि गर्दैन हेर्नुपर्छ । संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ ।’


गोली चलाउने आदेश दिएका थिएनौं : लेखक
कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको बताएका छन् । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले आफू र प्रधानमन्त्री केपी शर्माले जेन–जी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताएका हुन् ।

गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरूमा सत्यता नरहेको उनले बताए । लेखकले जेन–जी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको धारणा राखेका छन् । जेन–जी पुस्ताले अघि सारेका मागहरूलाई बुझेर लोकतन्त्रको मूल्य मान्यतासाथ अघि बढ्न जरुरी रहेको उनले बताए । उनले अहिलेको अवस्थामा उत्तेजित, आग्रह, पूर्वाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीसाथ अघि बढ्न जरुरी रहेको बताए । उनले राज्यका सब‌ै निकायहरू कानुनसम्मत रूपमा चल्नुपर्नेमा जोड दिए

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लार्केपास पदयात्राका क्रममा लेक लागेर मृत्यु भएका एक जना पर्यटकको शव हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। चुमनुब्री गाउँपालिका–१ लार्केपासको ५१०० मिटर उचाइमा पुगेपछि लेक लागेर मृत्यु भएका भक्तपुरको मध्यपुर नगरपालिकाका २४ वर्षीय रोहन प्रजापतिको शव शुक्रबार हेलिकोप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। साथीहरूसँग लार्केपास पदमार्गमा गएका प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु ...
: सिन्धुलीमा पौडी खेल्ने क्रममा सुनकोसी नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको फिक्कल गाउँपालिका–४ खाङसाङबेसीस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुब्दा १७ वर्षीय शिखर ढकालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्य प्रकाश सुवेदीका अनुसार शुक्रबार दिउँसो नदीमा पौडी खेल्न गएका ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए। नदीमा बेपत्ता ढकालको साँझ ...
: टोखा नगरपालिका–२ चण्डेश्वरीमा पाँचथरका एक युवकको हत्या भएको छ । टोखा चण्डेश्वरी बस्ने ४० वर्षीय राम लिम्बूलाई उनकै साथीहरूले फलामको रड प्रहार गरी हत्या गरेका हुन् ।जिल्ल प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार बिहीबार राती लिम्बूको हत्या भएको हो। हत्या आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ल प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन ...
: राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन्। शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका हुन्। राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने ...
: अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको बताएकी छन्। शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाएकी हुन्। प्रधानमन्त्री कार्कीले जेनजीहरू सबैको छोरा– नाति भएकाले उनीहरूले किन यस्तो असन्तुष्टि ...