मुख्य समाचार
नेपाल राष्ट्र बैंकले एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ
नेपाल राष्ट्र बैंकले एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ

: बैंकिङ प्रणालीमार्फत हुने डिजिटाइजेसन हुने कारोबारलाई थप प्रवर्धन गर्न नेपाल राष्ट्र बैंकले एटीएममार्फत डेबिट कार्डबाट नगद झिक्ने सीमा घटाएको छ । केन्द्रीय बैंकले शुक्रबार भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई जारी गरेको ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन,२०८१’मा संशोधन गर्दै डेबिट कार्डको सीमा घटाएको हो ।


संशोधित व्यवस्थाअनुसार अब ग्राहकहरूले बैंकको एटीएममार्फत डेबिट कार्डको प्रयोग गर्दा प्रतिकारोबार २० हजार, प्रतिदिन ५० हजारसम्म र प्रतिमहिना अधिकतम ३ लाख रुपैयाँसम्म नगद झिक्न पाउने छन् । जबकि, यसअघि डेबिट कार्डमार्फत प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाखसम्म र प्रतिमहिना अधिकतम ४ लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था थियो ।



केन्द्रीय बैंकले डेबिट कार्डको सीमा घटाए पनि प्रिपेड कार्ड र क्रेडिट कार्डको सीमा भने यथावत् राखेको छ । जसअनुरूप बैंक तथा वित्तीय संस्थाको प्रिपेड कार्डको प्रयोग गर्दा प्रतिकारोबार १० हजार, प्रतिदिन २० हजारसम्म र प्रतिमहिना अधिकतम २ लाख रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था छ । तर, बैंक तथा वित्तीय संस्थाबाहेक सेवाप्रदायक संस्थाहरूको प्रिपेड कार्डबाट भने प्रतिदिन ५ हजारसम्म र प्रतिमहिना अधिकतम २५ हजार रुपैयाँसम्म नगद झिक्न पाउने व्यवस्था कायम छ । यस्तै, क्रेडिट कार्डबाट भने बैंक तथा वित्तीय संस्थाहरको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न सक्ने व्यवस्था यथावत् छ ।


यसै क्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित पछिल्लो समय विद्युतीय माध्यमबाट हुने कारोबार वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवर्धन गर्न डेबिट कार्डबाट हुने नगद सीमा घटाएको बताउँछन् । ‘नगद कारोबारलाई बिस्तारै कम गर्दै जाने र डिजिटल कारोबारलाई नै बढाउँदै जाने भन्ने हिसाबले नगदको सीमा घटाएका हौं । साँच्चै पनि एटीएमको कारोबारहरू बिस्तारै घटिरहेको छ,’ भुक्तानी व्यवस्थापन विभागका कार्यकारी निर्देशकसमेत रहेका प्रवक्ता पण्डितले अन्नपूर्णसँग भने ।

यता तथ्यांकले पनि बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका विद्युतीय बैंकिङ (ई–बैंकिङ) उपकरणहरूमा आकर्षण बढ्दो देखाएको छ । विद्युतीय वालेट, कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । अझ यी उपकरणबाट क्यूआर कोड प्रयोगबाट भुक्तानी गर्ने ग्राहक पनि बढेका छन् । समयको माग, सरल, सहज भएकाले युवापुस्ता यसमा आर्षित हुनु स्वाभाविक हो । डिजिटल प्रयोगकर्ताहरू पनि बढेको र उनीहरूले गर्ने कारोबार वृद्धि भइरहेको छ ।

बैंक तथा वित्तीय संस्थामा डेबिट कार्डका प्रयोगकर्ताहरूले गत साउनमा मात्रै एटीएमबाट ८५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ नगद झिकेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । तर, यसको तुलनामा सोही महिना मोबाइल बैंकिङका ग्राहकहरूले ८ खर्ब ७४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् । यससँगै, वालेट, इन्टरनेट बैंकिङ, क्यूआरमा आधारित भुक्तानी, पोस मेसिनलगायतबाट हुने भुक्तानी पनि राम्रै फस्टाएको छ । यसकारण केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नै बढी जोड दिएर नगद क्रमशः कम गर्दै जान खोजेकाले सीमा पनि घटाउको तर्क गरेको हो । यद्यपि, सरकारले बजेटमा र केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पटकपटक डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने भन्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ...
— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विनियोजनको ४६ प्रतिशत मात्र सरकारी खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो १०.७५ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । गत पुससम्म ९ खर्ब ४ अर्ब ६४ करोड ४३ लाख खर्च भएको अर्थ ...
— वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात ...
: सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ। ९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा ...
: आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च देखिएको छ। पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ ...