मुख्य समाचार
नोबेल शान्ति पुरस्कारको घोषणापछि ह्वाइट हाउसले नोबेल समितिको आलोचना
नोबेल शान्ति पुरस्कारको घोषणापछि ह्वाइट हाउसले नोबेल समितिको आलोचना

: नोबेल शान्ति पुरस्कारको घोषणापछि ह्वाइट हाउसले नोबेल समितिको आलोचना गरेको छ।


ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीवन चेउङले समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको बताएका हुन्।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै चेउङले लेखे, ʻराष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतामा मध्यस्थता गर्ने, युद्ध अन्त्य गर्ने र जीवन बचाउने काम जारी राख्नुहुनेछ। नोबेल समितिले शान्ति होइन, राजनीति रोजेको प्रमाणित गरेको छ।ʼ


उनले थप भने,ʻराष्ट्रपति ट्रम्पमा एक सच्चा मानवीय हृदय छ। इच्छाशक्तिको बलले असम्भवलाई सम्भव बनाउन सक्ने उहाँ जस्तो कोही छैन।ʼ

राष्ट्रपति ट्रम्प नोबेल शान्ति पुरस्कारका दाबेदार थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि समितिलाई ट्रम्पलाई पुरस्कार प्रदान गर्न अपिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा क्षेत्रीय तनाव थप बढेमा त्यहाँबाट तत्काल बाहिरिन तयार रहन आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा इरानमाथि थप शक्तिशाली आक्रमण गर्न सक्ने योजना बनाइरहेको दाबी गरिरहेका बेला यो अपिल आएको हो । आफ्नो सुरक्षा चेतावनीमा अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक ...
: युरोपेली पर्यटकलाई विश्वप्रसिद्ध नाज्का लाइन्स अवलोकन गराउन लैजाँदै गरेको एउटा विमान पेरुको नाज्का शहर बाहिरको खेतमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १३ जनाको मृत्यु भएको छ । नाज्का नगर प्रशासनका अनुसार विमानले शनिबार नजिकैको इका शहरबाट उडान भरेको थियो । उक्त विमान पेरुको विमान सेवा कम्पनी एरोडियानाले सञ्चालन गरिरहेको थियो । कम्पनीले आफ्नो वेबसाइटमा विगत १४ ...
: इजरायली सेनाले गाजा पट्टीका विभिन्न स्थानमा गरेको आक्रमणमा कम्तीमा आठ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आइतबार मारिनेहरूमध्ये देइर अल–बलाहको दक्षिणी क्षेत्रमा रहेको एउटा अपार्टमेन्टमा इजरायली हेलिकप्टर आक्रमणबाट मारिएका एक पुरुष र एक महिला पनि रहेका छन् । प्यालेस्टिनी नागरिक सुरक्षाका अनुसार गाजाका अन्य क्षेत्रमा भएका छुट्टाछुट्टै आक्रमणमा पनि धेरै मानिस मारिएका छन् । खान ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्कालका लागि हुने भनिएको सैन्य आक्रमण स्थगित गरिएको घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत जानकारी दिँदै उनले दुई देशबिच सम्झौता वा सहमतिको रूपरेखा तयार भएकाले यो निर्णय लिइएको दाबी गरेका छन्। ट्रम्पका अनुसार अमेरिकाकहाँ दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा बलियो सैन्य शक्ति रहेको र इरानविरुद्ध कारबाहीका लागि टोली तयारी ...
: इन्डोनेसियामा समुद्रको बीचमा एउटा फेरी (जहाज) मा आगलागी हुँदा ठूलो दुर्घटना भएको छ । अधिकारीहरूका अनुसार फेरीमा सवार ५ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् । राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बसरनास) का अनुसार उक्त फेरीमा कुल २७१ जना यात्रु सवार थिए । यो जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम