मुख्य समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताए
राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताए

: राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन्। शुक्रवार शीतल निवासमा आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका हुन्।


राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। उनले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए।



राष्ट्रपति पौडेलले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्‍याउँछ भन्ने पनि सोच्न आग्रह गरे। उनले पार्टीहरूले पनि कन्फ्युजन सृजना नगरी जेनजीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलहरूको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए।


बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएको बताए। उनीहरूले यो शंका र संशय हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने बताए।

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए। यस्तै बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुन सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए।

त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा जय कुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: लार्केपास पदयात्राका क्रममा लेक लागेर मृत्यु भएका एक जना पर्यटकको शव हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। चुमनुब्री गाउँपालिका–१ लार्केपासको ५१०० मिटर उचाइमा पुगेपछि लेक लागेर मृत्यु भएका भक्तपुरको मध्यपुर नगरपालिकाका २४ वर्षीय रोहन प्रजापतिको शव शुक्रबार हेलिकोप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। साथीहरूसँग लार्केपास पदमार्गमा गएका प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु ...
: सिन्धुलीमा पौडी खेल्ने क्रममा सुनकोसी नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको फिक्कल गाउँपालिका–४ खाङसाङबेसीस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुब्दा १७ वर्षीय शिखर ढकालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्य प्रकाश सुवेदीका अनुसार शुक्रबार दिउँसो नदीमा पौडी खेल्न गएका ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए। नदीमा बेपत्ता ढकालको साँझ ...
: टोखा नगरपालिका–२ चण्डेश्वरीमा पाँचथरका एक युवकको हत्या भएको छ । टोखा चण्डेश्वरी बस्ने ४० वर्षीय राम लिम्बूलाई उनकै साथीहरूले फलामको रड प्रहार गरी हत्या गरेका हुन् ।जिल्ल प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार बिहीबार राती लिम्बूको हत्या भएको हो। हत्या आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ल प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन ...
: अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको बताएकी छन्। शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाएकी हुन्। प्रधानमन्त्री कार्कीले जेनजीहरू सबैको छोरा– नाति भएकाले उनीहरूले किन यस्तो असन्तुष्टि ...
: टिकटक भिडियो बनाउन भन्दै खोलामा हामफालेका बारा प्रसौनी-२ का २१ वर्षीय बिक्की गोसाईंको शव शुक्रबार बिहान फेला परेको छ। बेपत्ता भएको ६ दिनपछि बाराको फेटा गाउँपालिका-१ त्रिवेणी खोलामा गोसाईंको शव भेटिएको हो। उनी असोज १९ गते बेपत्ता भएका थिए। टिकटक भिडियो बनाउन भन्दै अर्का एक युवकसँग गोसाईं प्रसौनी-२ स्थित दुधौरा खोलामा हामफालेका थिए। अर्का युवक ...