मुख्य समाचार
नेपाल बन्यो समूह विजेता आइतबार यूएईसँग खेल्ने
नेपाल बन्यो समूह विजेता आइतबार यूएईसँग खेल्ने

: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ।


ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो।

जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।


नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। २१ बलमा १ चौका र ४ छक्कासहित ३८ रन बनाएका हुन्।
नेपालले ४.५ ओभरमा ओपनर ब्याटर कुशल भुर्तेलको विकेट गयो। उनले २१ बलमा३ चौकासहित २१ रन बनाएर क्याच भए। नेपालले पावरप्लेमा १ विकेट गुमाउँदै ४५ रन बनाएको थियो।

७.२ ओभरमा नेपालले दोस्रो विकेटको रूपमा आसिफ शेखलाई गुमायो। सन्दीप जोरा ५ र कुशल मल्लले ४ रन बनाउँदै पेभेलियन फर्किएका थिए। कप्तान रोहित कुमार पौडेलले १९ बलमा १ चौकासहित १८ रन बनाए।

१४ ओभरमा नेपालले ५ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो। छैटौँ विकेटका लागि गुल्सन झा र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाए। दीपेन्द्र सिंह ऐरी १४ र गुल्सन झा २८ रनमा अविजित रहे।

जापानका लागि शोमा सल्तारले २ विकेट लिँदा, रियो साकुरानो थोमस, सबाओरिस रविचन्द्रन र डिक्लान सुजुकीले १–१ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको जापानका लागि कप्तान केन्डेल काडोवकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
पावरप्लेमा १ विकेट गुमाउँदै ३१ रन बनाएको थियो।

८.२ ओभरमा जापानले १ विकेट गुमाउँदै ५० रन पूरा गर्‍यो। १० ओभरमा ७० रन पूरा गरेको जापानले १२.५ ओभरमा ९७ रन बनाउँदा दोस्रो विकेट गयो । फ्लेमिङ र इस्मान रहमानले जापानका लागि ८६ रनको ठूलो साझेदारी गरेका थिए। इस्मानले २५ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए।

१३.५ ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गर्‍यो। बेन्जामेन डेभिसले १७ रन बनाए।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए। जापानका २ ब्याटर रन आउट भए।

समूह 'बी'को अन्तिम खेलको रूपमा रहेको यो खेल जित्दै नेपाल २ अंक सहति सुपर सिक्समा प्रवेश गरेको छ।आजको खेलमा नेपालसँग हार बेहोरे पनि जापानले सुपर सिक्समा स्थान बनाइसकेको छ।

समूह 'बी'मा रहेको कुवेत भने नेपाल र जापान दुवैसँग पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ।

नेपालले समूह 'बी'को विजेताको रूपमा समूह 'ए'को विजेता यूएईसँनग आइतबार सुपर सिक्सको खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम