: मधेश प्रदेशसभा विघटन गर्न लागेको आरोप लागेपछि मुख्यमन्त्री सतिष कुमार सिंहले जवाफ दिएका छन्।
जनमत संसदीय दलका नेता महेश यादवले मुख्यमन्त्री सिंहले मधेश प्रदेशसभालाई विघटन गर्ने षडयन्त्र गरेको आरोप लगाएका थिए। जवाफमा मुख्यमन्त्री सिंहले संघीयता, समावेशी र आफ्नो गल्ती लुकाउन संसद् विघटनको निराधार हल्ला फैलाएको आरोप लगाएका हुन्।
मुख्यमन्त्री सिंहले संघीयता धरापमा पर्ने कुनै पनि किसिमको हर्कत स्वीकार्य नहुने बताए।
उनले आफू संघीयताका लागि लडाई लडेको भन्दै भने, ‘जो मान्छे राजनीतिक व्यक्ति होइन। जसको रगतमा संघीयता छैन। उसले त्यस्तो कुरा बोल्न सक्छ। प्रदेशसभा विघटन जस्तो अपजस लिएर म राजनीति गर्न चाहन्न।’
मुख्यमन्त्री सिंहले आफू राजनीति छोड्छु तयार रहेको तर संघीयतामाथि कुनै प्रकारको प्रहार हुन नदिने बताए।