: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १ देखि चीनबाट आयात हुने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने बताएका छन्।
सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले अमेरिकाले अत्यावश्यक सफ्टवेयरको निर्यातलाई पनि नियन्त्रण गर्ने बताएका हुन्।
चीनले यस हप्ता दुर्लभ पृथ्वीको निर्यातमा नियन्त्रण कडा पारेको छ। त्यसपछि ट्रम्पले चीनले धेरै शत्रुतापूर्ण मनोवृत्ति अपनाएको र संसारलाई कब्जा गर्न खोजेको आरोप लगाए।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटघाटबाट पछि हट्ने धम्की दिए। तर उनले आफूले त्यो बैठक रद्द नगरेको उल्लेख गरे।
ट्रम्पको टिप्पणीपछि शेयर बजारमा गिरावट आएको छ।
चीनले विश्वको करिब ९० प्रतिशत दुर्लभ पृथ्वी प्रशोधन गर्छ। यो सौर्य प्यानलदेखि स्मार्टफोनसम्म सबैमा प्रयोग गरिन्छ।
दुर्लभ पृथ्वी खनिज १७ धातु तत्त्वको समूह हुन्। यी धेरै उच्च प्रविधि उत्पादनका लागि आवश्यक छन्।