मुख्य समाचार
इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थाले
इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थाले

: इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहाइ सम्झौताको घोषणाले गाजाका जनतामा खुशी ल्याएको छ।

यसैबीच इजरायली सेना गाजाका केही क्षेत्रबाट आंशिक फिर्ता हुन थालेका छन्।

गाजाका बासिन्दाहरूले बीबीसीलाई बताएअनुसार इजरायली सेना गाजा शहरको उत्तरपश्चिमको बाहिरी इलाकाबाट फिर्ता गएका छन्। पूर्वमा रहेको पहेँलो रेखा तिर फर्किएका छन्। इजरायली सेनाले सम्झौताको एक भागको रूपमा यो कदम चालेको हो।


तर सम्झौताअन्तर्गत इजरायली सेना फिर्ता हुने धेरै क्षेत्रमा बख्तरबंद सवारी साधन र ट्याङ्कहरू तैनाथ छन्। यसमा दक्षिणी गाजाको खान युनिस र तटीय क्षेत्र पनि समावेश छन्।

स्थानीयहरूले शुक्रबार बिहान तटीय क्षेत्रमा तैनाथ ट्याङ्कहरूले गोली चलाएको र सयौँ विस्थापित मानिसलाई रशिद स्ट्रिट हुँदै उत्तरतिर आफ्नो घर फर्कनबाट रोकेको बताएका छन्।

युद्धविरामको घोषणा भए पनि शुक्रबार उत्तरी र दक्षिणी गाजाका केही भाग मा विस्फोटको आवाज सुनिएका थिए। युद्धविराम औपचारिक रूपमा कहिले लागू हुनेछ र घर फर्कन कहिले सुरक्षित हुनेछ भन्ने कुरा अझै स्पष्ट रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बङ्गलादेश सरकारले बलपूर्वक बेपत्ता पार्ने घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय दिने कानूनी व्यवस्था प्रस्ताव गरेको छ । पदच्युत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा एक हजार पाँच सयभन्दा बढी जबर्जस्ती बेपत्ता पारिएका घटनाको आधिकारिक अनुसन्धानपछि सरकारले यस्तो विधेयक अघि बढाएको हो । सन् २०२४ को जनविद्रोहपछि सत्ता परिवर्तन भएपछि गठन गरिएको अनुसन्धान आयोगले शेख हसिनाको १७ वर्षे ...
ह्वाइट हाउसले शक्तिशाली एआई मोडलहरूको मूल्यांकनका लागि भोलन्टरी फ्रेमवर्क तयार पारेको छ। तोकिएको समयसीमाभित्रै यो ढाँचा तयार भएको ह्वाइट हाउसले सोमबार जनाएको छ। तर यो फ्रेमवर्कभित्र के समावेश छ, कसकसले यसलाई हेर्न पाएका छन् वा कम्पनीहरूले कहिलेदेखि यसको प्रयोग सुरु गर्नेछन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। एक्सियोससँग कुरा गर्दै ह्वाइट हाउसका एक अधिकारीले भने, ‘जुन २ ...
अमेरिकी विदेश मन्त्रालयले आफ्ना पाँच वटा कूटनीतिक नियोगहरू बन्द गर्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै तासले यस्तो जनाएको हो । उसले यस सम्बन्धी जानकारी अमेरिकी कंग्रेसलाई दिइसकेको छ। स्रोतका अनुसार क्यानडाको विनिपेग, जापानको नागोया, क्यामरुनको दुआला, इन्डोनेसियाको मेडान र ग्रेनाडाको सेन्ट जर्जसमा रहेका नियोगहरू बन्द गरिने सूचीमा छन्। ह्वाइट हाउसले सुरुमा ३० वटासम्म विदेशी ...
। एक साताअघिसम्म इरानलाई सैन्य हमलाको धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकाएक वार्ताका लागि लचक भएका छन् । इरानसँग वार्ता गर्ने र सम्झौताको ड्राफ्ट समेत तयार भएको दाबी गरिएको छ । ट्रम्पको यस्तो घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । उनको घोषणाले अन्तर्राष्ट्रिय नाका स्ट्रेट अफ हर्मुजमार्फत आपूर्ति पूर्ण रुपमा सहज हुने विश्वासले ...
: अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा क्षेत्रीय तनाव थप बढेमा त्यहाँबाट तत्काल बाहिरिन तयार रहन आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा इरानमाथि थप शक्तिशाली आक्रमण गर्न सक्ने योजना बनाइरहेको दाबी गरिरहेका बेला यो अपिल आएको हो । आफ्नो सुरक्षा चेतावनीमा अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्व बाहिर रहेका अमेरिकी कूटनीतिक ...