मुख्य समाचार
पर्सामा हैजाविरुद्धको खोप अभियान असोज २६ गतेदेखि सुरू गरिने
पर्सामा हैजाविरुद्धको खोप अभियान असोज २६ गतेदेखि सुरू गरिने

: डेढ महिनाअघि देखिएको हैजा र झाडापखाला महामारी रोकथामका लागि पर्सामा हैजाविरुद्धको खोप अभियान असोज २६ गतेदेखि सुरू गरिने भएको छ । वीरगन्ज महानगरसहित पर्साका केहि पालिकामा गत भदौं ६ गतेदेखि हैजा र झाडपाखालाको महामारी फैेलिएकोमा हालपनि अस्पतालमा झाडपाखालाका बिरामी उपचाररत छन् ।


वीरगन्जसहित पर्सामा डेढ महिना पहिले फैलिएको हैजाको प्रकोप पूर्ण रुपमा नियन्त्रणमा अझै आइनसकेका कारण सरकारले पर्सा र छिमेकी जिल्ला बारामा एकैसाथ हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।

दुवै जिल्लाका लागि सरकारले विदेशबाट १० लाख १८ हजार १ सय डोज (खोप) नेपालमा आयात गरिसकेको छ । पर्सामा असोज २६ गतेदेखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकउत जयमोद ठाकुरले जानकारी दिए ।


खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरुको अभिमुखीकरणका लागि वीरगन्जमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा भेटिएका ठाकुरले असोज २६ देखि कात्तिक २ गतेसम्म चल्ने अभियानमा जिल्लाका ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप दिइने जानकारी दिए ।

१ वर्ष माथि उमेर भएका सबै व्याक्तिलाई हैजाविरुद्धको खोप दिइने उनले बताए ।उनका अनुसार, हैजाीवरद्धको खोप अभियानका लागि जिल्लाका १४ वटै पालिकामा गरी १ हजार ९५० वटा खोप केन्द्र स्थापना गरिने छ ।जिल्लाका १४ वटै पालिका कार्यालय, सबै वडा कार्यालय, सरकारी तथा निजी अस्पताल,सबै सामसदायिक तथा निजी विद्यालय, कलेज,सबै सरकारी कार्याएलय, गैरसरकारी संघसंस्थाका कार्यालय,नियमित खोप सेवा सञ्चालन हुदैं आएका बाह्य खोप केन्द्रहरु,मन्दिर,मस्जिद, चर्च, गुम्बा,बसपार्क, नेपाल भारत सीमा नाका,उद्योग कलकारखाना सबैमा खोप केन्द्र स्थापना गरिने उनले बताए ।

हैजारिुद्धको खोप अभियानका लागि महिला स्वास्थ्य स्वंयसेविका १ हजार ५४४ जना र स्वास्थ्यकर्मी ३ सय ५०जना गरी कूल १ हजार ८९४ जना जनशक्ति परितचालन गरिने जानकारी उनले गराए ।

हैजा प्रभावित स्थान र आसपासका मानिसलाई हैजा रोग लाग्नबाट जोगाउनका लागि तथा हैजा फैलिएको स्थानबाट अन्यस्थानमा हैजा फैलनबाट रोक्नका लागि यो खोप अभियान सञ्चालन गर्न लागिएको ठाकुरले बताए ।

छिमेकी बारा जिल्लामा भने १६ पालिकामध्ये कलैया र जीतपुरसिमरा उपमहानगरपालिका,परवानीपुर, प्रसौनी,फेटा र विश्रामपुर गाँउपापलका गरी ६ वटा पालिकामापनि हैजा विरुद्धको खोप अभियान असोज २६ गतेदेखि नै सञ्चालन हुन लागेको जानकारी उनले गराए।

गत भदौ ६ गते पहिलो पटक अस्पतालमा उपचाररत झाडापखालाका ३ जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म (असोज २१ गतेसम्ममा) पर्सामा २४५ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा तीसबै उपचारपश्चात घर फर्किसकेका छन् ।

यसैगरी पर्सामै भदौ ६ देखि असोज २१ गतेसम्म विभिन्न अस्पतालमा गरी सिकिस्त झाडापखाला र शंकास्पद हैजाका बिरामी गरी १ हजार ६८० जना भर्ना भएकोमा तीमध्ये १ हजार ६७५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हाल अस्पतालमा ५ जना मात्रै झाडपखालाका बिरामी उपचाररत रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान एवं संरक्षणमा फाल्गुनन्दले पुर्‍याएको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्। महागुरु फाल्गुनन्दले देखाएको सत्य, अहिंसा, समानता, सदाचार र ...
: परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारबाट सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीघीय सम्मेलन (कोप-३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन्। नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो। पभेलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली ...
। रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले जानकारी दिए। अभियानअन्तर्गत रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमीमा, रोटरी क्लब अफ दाङले कौशी क्याफेमा तथा रोटरी क्लब अफ ...
। स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सामूहिक आबद्धता तथा नवीकरण अब प्रदेश र स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले प्रदेश र स्थानीय तहबाटै अनलाइन माध्यमबाट यस्तो सेवा लिन सकिने व्यवस्था सुरु गरेको छ । बोर्डले एचआईबी ई–पोर्टलमार्फत प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता र नवीकरण सेवा सञ्चालनमा ल्याएको हो । पहिलो ...
। नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा ...