: गोसाइँकुण्ड गाउँपालिका-२, टिमुरेमा शनिबार दिउँसो १ बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
सडक निर्माणको क्रममा स्काभेटर चालक पौडेललाई एक्कासि करेन्ट लागेर कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।
मृतकको रसुवा अस्पतालमा पोस्टमार्टम भएको प्रहरीले जनाएको छ।