मुख्य समाचार
सरकारले निर्यात अनुदान प्रक्रिया रोकेपछि निजी क्षेत्रको आपत्ति
सरकारले निर्यात अनुदान प्रक्रिया रोकेपछि निजी क्षेत्रको आपत्ति

: सरकारले निर्यात अनुदान रोकेको छ। अनुदानका लागि आवेदन प्रक्रिया अघि नबढाउने सरकारले निर्णय गरेको हो।


उद्योग विभागले सूचना जारी गरेर यसको जानकारी गराएपछि मोरङ उद्योग व्यापार संघले आपत्ति जनाएको छ। संघले उक्त निर्णयलाई निजी क्षेत्रविरुद्धको नीति र निर्यात प्रवर्धन अभियानमै आघात पु¥याउने कदम भएको ठहर गर्दै उक्त निर्णय तुरुन्तै फिर्ता लिन सरकारसँग माग गरेको छ।

संघका अध्यक्ष अनुपम राठीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नेपालजस्तो भूपरिवेष्टित र आयात–निर्यात असन्तुलनले ग्रस्त मुलुकमा निर्यात अनुदान उत्पादन र विदेशी मुद्रा आर्जनका लागि प्रोत्साहनका रूपमा लिइँदै आएको छ। यस्तो बेला विभागले गत आर्थिक वर्ष २०८१–०८२ को निर्णय अनुदान आवेदन नै प्रक्रिया नगर्ने घोषणा गर्नु निजी क्षेत्रप्रति नीतिगत प्रतिकूलता हो।’

राठीका अनुसार कठिन प्रतिस्पर्धाबिच पनि नेपाली निर्यातकर्ताले निरन्तर विदेशी मुद्रा भित्र्याउँदै आएका छन्। तर, सरकारले अचानक अनुदान प्रक्रिया नै रोक्ने निर्णय गर्दा उद्योगी व्यवसायीको मनोबल खस्किएको छ। उनले भने, ‘निर्यात अनुदान रोकिनु भनेको सरकार स्वयंले निर्यात प्रवर्धनको आफ्नै लक्ष्य कमजोर पार्नु हो। यस्तो निर्णयले निजी क्षेत्रको विश्वास गुम्ने मात्र नभएर आर्थिक स्थायित्वमा समेत जोखिम ल्याउन सक्छ।’

संघले लामो समयदेखि निर्यात अनुदान विस्तारको माग उठाउँदै आएको बताउँदै उनले यसपटक उल्टै विद्यमान सुविधा नै कटौती गर्नु अनुत्तरदायी कदम भएको उल्लेख गरे। संघका अनुसार सरकारले यस्तो नीतिगत अस्थिरता दो¥होयाउँदै लगेको खण्डमा निर्यातमुखी उद्योगहरू सञ्चालनमै चुनौती आउने छ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले आन्तरिक तथा बाह्य चुनौतीका बीच पनि उत्पादनलाई निरन्तरता दिइरहेका निर्यातकर्तालाई निराश पार्नु हुँदैन। उनीहरूलाई सम्मान र प्रोत्साहन दिने नीति आवश्यक छ। दण्डित गर्ने होइन ।’

संघले सरकारलाई तत्काल आवेदन प्रक्रिया पुनः सुरु गर्न, गत आर्थिक वर्षका लागि अनुसूची–३ अनुसारको फारममा निवेदन दिने समय खुला गर्न र अनुदान पाउने व्यवसायीको हक सुनिश्चित गर्न आग्रह गरेको छ।

संघले भनेको छ, ‘यदि तत्काल नगद अनुदान वितरण गर्न सकिँदैन भने सरकार उक्त रकमलाई बण्डका रूपमा सुनिश्चित गरोस्, ताकि उद्योगीले आफ्नो हकबमोजिम दाबी गर्न सकुन्।’

संघले निर्यात प्रवर्धन नीति कार्यान्वयनमा सरकारले देखाएको अनिश्चिततामाथि पनि चिन्ता व्यक्त गरेको छ।

संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई गलत निर्णय फिर्ता लिएर निर्यातकर्ताको हितमा शीघ्र स्पष्ट नीति ल्याउन आग्रहसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला कारागार मोरङमा लागुऔषध मुद्दामा बन्दी जीवन बिताइरहेका एक जनाको शनिबार दिउँसो मृत्यु भएको छ। विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागारका बन्दी मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो। कारागारका जेलर गौरव ढुंगेलका अनुसार सार्की लागुऔषध मुद्दाका बन्दी हुन्। उनलाई जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि ...
: गोरखामा काम गर्न आएका रसुवाका छेवाङ नाम्ग्याल तामाङ मृत भेटिएका छन्। चिनियाँ सरकारको सहयोगमा सहिद लखन गाउँपालिका-४ स्थित सिंजाली माविको नयाँ भवन निर्माणमा कार्यरत तामाङ शनिबार बिहान मृत भेटिएका हुन्। गोसाइँकुण्ड गाउँपालिका-३ रसुवाका ३५ वर्षीय तामाङ शनिवार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। बिहान अबेरसम्म नउठेपछि ...
: नेपाली काग्रेसका नेता डा.शशांक कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेर बहादुर देउवालाई सुझाव दिएका छन्। शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति विघटन गरेर महाधिवेशनका लागि एक जनालाई कार्यवाहक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन्। कार्यबहाक सभापतिले नियमित महाधिवेशनको मिति तय गर्नुपर्ने आफ्नो व्यक्तिगत भावना रहेको ...
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका दुर्गम बस्तीमा केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ। भौगोलिक रूपमा विकट मानिने टेम्केमैयुङ गाउँपालिका–४ नागीको लुंगिन बस्तीमा विद्युत् विस्तार भएसँगै यहाँको जीवनयापन फेरिएको हो। बिजुली आएसँगै स्थानीयलाई जीवनयापनमा समेत सहज भएको छ। जंगलको बीचमा रहेको उक्त बस्तीमा ठूलो लगानीको विद्युत् सेवा पु¥याइएको हो। ‘स्थानीय सरकार आएपछि हाम्रो गाउँमा बल्ल ...
: सुनसरीको रामधुनी नगरपालिका-२ कर्मनिया टोलमा सिटी सफारी चालकको हत्या भएको छ। शनिबार साँझ सडक छेउमा रगताम्य अवस्थामा सफारी चालकको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्र-१-०२-००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक रामधुनी-२ का ४५ वर्षीय दिनेशकुमार चौधरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा सवारी साधनदेखि करिब २०० मिटर उत्तरतर्फ रगताम्य अवस्थामा मृत ...