मुख्य समाचार
कांग्रेसमा आबद्ध युवाहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण
कांग्रेसमा आबद्ध युवाहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण

: नेपाली कांग्रेसमा आबद्ध युवाहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व हुनुपर्ने भन्दै पार्टीको ध्यानाकर्षण गराएका छन्।


शनिबार पार्टी कार्यालय सानेपामा धर्ना दिँदै उनीहरूले पार्टीको विभागहरूमा अनिवार्य रूपमा ४० प्रतिशत युवा वर्गको प्रतिनिधित्व सुनिश्चित हुने गरी विधान संशोधनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन्। सबै तहका निर्वाचनहरूमा कम्तीमा पनि ४० प्रतिशत युवाहरूलाई पार्टीको आधिकारिक उम्मेदवारको रूपमा अगाडि बढाउनुपर्ने व्यवस्थाको विधानमै उल्लेख गराउनुपर्ने उनीहरूको माग छ।



त्यस्तै जेनजी उमेर समूहमा कम्तीमा २५% क्रियाशील सदस्य पुर्‍याउन क्रियाशील सदस्यता वितरणलाई तीव्र अगाडि बढाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्। यस्तै निवर्तमान समितिका सभापति, पदाधिकारी तथा सदस्यहरू समेत स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा आउने व्यवस्थाको अन्त्य गरी चलायमान र जिम्मेवार कांग्रेस निर्माण गर्नुपर्ने आफूहरूको माग रहेको नेविसंघ केन्द्रीय सदस्य आकाश उप्रेतीले जानकारी दिए।


उनीहरूले पार्टीको क्रियाशील सदस्यता वितरण निश्चित मापदण्ड तयार गरी खुला रूपमा जुनसुकै समय लिन सकिने गरी सहज र प्रविधि मैत्री बनाउने माग राखेका छन्।

पार्टी सञ्चालन र सरकार सञ्चालन फरक विषय भएको हुँदा एकै व्यक्तिलाई दोहोरो जिम्मेवारी प्रदान नगर्न विधानमा व्यवस्था गर्नुपर्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला कारागार मोरङमा लागुऔषध मुद्दामा बन्दी जीवन बिताइरहेका एक जनाको शनिबार दिउँसो मृत्यु भएको छ। विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागारका बन्दी मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो। कारागारका जेलर गौरव ढुंगेलका अनुसार सार्की लागुऔषध मुद्दाका बन्दी हुन्। उनलाई जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि ...
: गोरखामा काम गर्न आएका रसुवाका छेवाङ नाम्ग्याल तामाङ मृत भेटिएका छन्। चिनियाँ सरकारको सहयोगमा सहिद लखन गाउँपालिका-४ स्थित सिंजाली माविको नयाँ भवन निर्माणमा कार्यरत तामाङ शनिबार बिहान मृत भेटिएका हुन्। गोसाइँकुण्ड गाउँपालिका-३ रसुवाका ३५ वर्षीय तामाङ शनिवार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। बिहान अबेरसम्म नउठेपछि ...
: नेपाली काग्रेसका नेता डा.शशांक कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेर बहादुर देउवालाई सुझाव दिएका छन्। शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति विघटन गरेर महाधिवेशनका लागि एक जनालाई कार्यवाहक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन्। कार्यबहाक सभापतिले नियमित महाधिवेशनको मिति तय गर्नुपर्ने आफ्नो व्यक्तिगत भावना रहेको ...
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका दुर्गम बस्तीमा केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ। भौगोलिक रूपमा विकट मानिने टेम्केमैयुङ गाउँपालिका–४ नागीको लुंगिन बस्तीमा विद्युत् विस्तार भएसँगै यहाँको जीवनयापन फेरिएको हो। बिजुली आएसँगै स्थानीयलाई जीवनयापनमा समेत सहज भएको छ। जंगलको बीचमा रहेको उक्त बस्तीमा ठूलो लगानीको विद्युत् सेवा पु¥याइएको हो। ‘स्थानीय सरकार आएपछि हाम्रो गाउँमा बल्ल ...
: सुनसरीको रामधुनी नगरपालिका-२ कर्मनिया टोलमा सिटी सफारी चालकको हत्या भएको छ। शनिबार साँझ सडक छेउमा रगताम्य अवस्थामा सफारी चालकको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्र-१-०२-००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक रामधुनी-२ का ४५ वर्षीय दिनेशकुमार चौधरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा सवारी साधनदेखि करिब २०० मिटर उत्तरतर्फ रगताम्य अवस्थामा मृत ...