मुख्य समाचार
सुनसरीको रामधुनी नगरपालिका-२ कर्मनिया टोलमा सिटी सफारी चालकको हत्या
सुनसरीको रामधुनी नगरपालिका-२ कर्मनिया टोलमा सिटी सफारी चालकको हत्या

: सुनसरीको रामधुनी नगरपालिका-२ कर्मनिया टोलमा सिटी सफारी चालकको हत्या भएको छ। शनिबार साँझ सडक छेउमा रगताम्य अवस्थामा सफारी चालकको शव भेटिएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार प्र-१-०२-००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक रामधुनी-२ का ४५ वर्षीय दिनेशकुमार चौधरी भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा सवारी साधनदेखि करिब २०० मिटर उत्तरतर्फ रगताम्य अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीका प्रमुख प्रहरी निरीक्षक सुजन मुदेलको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। घटनास्थलमै चौधरीको मृत्यु भइसकेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबे नेतृत्वको टोली पनि थप अनुसन्धानका लागि घटना स्थल पुगेको थियो।


प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको बायाँ छातीमा गहिरो चोट लागेको र शरीरमा रगत बगेको फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा गोली प्रहार गरी चौधरीको हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।

मृतकको छातीमा गहिरो चोट र घटनास्थलको अवस्थाले हेर्दा सबैले गोली प्रहारको अनुमान गरेका छन्। घटना स्थलमा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी चौधरीको शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। प्रहरीले घटनास्थल वरपरको क्षेत्र सिल गरी व्यापक अनुसन्धान सुरु गरेको डीएसपी खतिवडाले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला कारागार मोरङमा लागुऔषध मुद्दामा बन्दी जीवन बिताइरहेका एक जनाको शनिबार दिउँसो मृत्यु भएको छ। विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागारका बन्दी मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो। कारागारका जेलर गौरव ढुंगेलका अनुसार सार्की लागुऔषध मुद्दाका बन्दी हुन्। उनलाई जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि ...
: गोरखामा काम गर्न आएका रसुवाका छेवाङ नाम्ग्याल तामाङ मृत भेटिएका छन्। चिनियाँ सरकारको सहयोगमा सहिद लखन गाउँपालिका-४ स्थित सिंजाली माविको नयाँ भवन निर्माणमा कार्यरत तामाङ शनिबार बिहान मृत भेटिएका हुन्। गोसाइँकुण्ड गाउँपालिका-३ रसुवाका ३५ वर्षीय तामाङ शनिवार बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। बिहान अबेरसम्म नउठेपछि ...
: नेपाली काग्रेसका नेता डा.शशांक कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेर बहादुर देउवालाई सुझाव दिएका छन्। शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले केन्द्रीय समिति विघटन गरेर महाधिवेशनका लागि एक जनालाई कार्यवाहक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन्। कार्यबहाक सभापतिले नियमित महाधिवेशनको मिति तय गर्नुपर्ने आफ्नो व्यक्तिगत भावना रहेको ...
भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका दुर्गम बस्तीमा केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ। भौगोलिक रूपमा विकट मानिने टेम्केमैयुङ गाउँपालिका–४ नागीको लुंगिन बस्तीमा विद्युत् विस्तार भएसँगै यहाँको जीवनयापन फेरिएको हो। बिजुली आएसँगै स्थानीयलाई जीवनयापनमा समेत सहज भएको छ। जंगलको बीचमा रहेको उक्त बस्तीमा ठूलो लगानीको विद्युत् सेवा पु¥याइएको हो। ‘स्थानीय सरकार आएपछि हाम्रो गाउँमा बल्ल ...
: युवकहरूबीच विवाद भएपछि हँसिया प्रहार गरेर एक जनाको हत्या गरिएको छ। घोडाघोडी नगरपालिका-८ जडै बस्ने सुर्खेत चौकुने गाउँपालिका-३ मौरीबन घर भएका २८ वर्षीय केशर सिं बुढाको हत्या हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सोही नगरपालिका-८ जडै बस्ने १९ वर्षीय गगन भन्ने गंगा बुढाक्षेत्री समेत २ जना गए राति पक्राउ परेका छन्। उनीहरूले वादविवाद क्रममा ...