मुख्य समाचार
पर्सामा सुरु भयो हैजाविरुद्धको खोप अभियान
पर्सामा सुरु भयो हैजाविरुद्धको खोप अभियान

— हैजा संक्रमण फैलिएको डेढ महिनापछि पर्सामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ ।


गत भदौ ६ देखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको हो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पहिलो खोप खाएर अभियानको औपचारिक शुभारम्भ गरेका हुन् । खोप खाएपछि प्रजिअ सुवेदीले यो खोप सुरक्षित रहेकाले सबै उमेर समूहका व्यक्तिलाई खोप सेवन गरी आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा मनोज कुमार गुप्ता, पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पूरनचन्द्र भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्साल, पत्रकार महासंघ पर्साका सचिव विजय चौहान लगायतले खोप सेवन गरेका थिए ।

डा गुप्ताले खोपको कुनै साइड इफेक्ट नभएको र १ वर्षमाथिका सबैले निर्धक्क खोप लिन सक्ने बताए । त्यस्तै डा गौतमले तिहारअघि नै पर्सा र बाराका सम्पूर्ण लक्षित स्थानीय तहमा अभियान सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।



आइतबार वीरगन्ज महानगरपालिकासहित ६ स्थानीय तहमा अभियान सुरु भएको अभियान सोमबारदेखि अन्य स्थानीय तहमा पनि सञ्चालन गरिँदै छ । छिमेकी बारामा असोज २९ गतेदेखि यो खोप अभियान सुरु हुने छ । बाराका १६ पालिकामध्ये कलैया, जितपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गरी वीरगन्ज महानगरपालिकासँग जोडिएका पालिकाहरूमा यो अभियान चलाइँदै छ ।

वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह आइसीजीसँग खोपको माग गरेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको प्राविधिक सहयोगमा दुई जिल्लामा योभ अभियान सञ्चालन गरिएको हो ।

परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई साता पछि ८२ प्रतिशत प्रभावकारी हुने बताए ।

कात्तिक २ सम्म अभियान

असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५२ हजार १ सय २९ जनालाई इयुभिकोल–एस खोप दिइनेछ । खोप १ वर्षमाथिका सबैलाई दिइनेछ । अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १४ पालिकामा १ हजार ९ सय ५० खोप केन्द्र स्थापना गरिएको छ । केन्द्रहरूमा स्थानीय पालिका कार्यालय, वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, सामुदायिक र निजी विद्यालय, कलेज, सरकारी कार्यालय, गैरसरकारी संस्था, मन्दिर, मस्जिद, चर्च, गुम्बा, बसपार्क, नेपाल–भारत सीमा नाका र उद्योग कलकारखाना समावेश छन् ।

अभियानमा १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको छ । पर्सा र बाराका लागि १० लाख १८ हजार १ सय डोज खोप ल्याइएको छ ।

भदौ ६ गते वीरगन्जमा पहिलो पटक तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी वीरगन्जको विभिन्न अस्पतालमा उपचारार्थ आएकामा ती ध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

यसबाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । हालसम्म गरिएका परीक्षणहरूबाट वीरगन्जको विभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जीवाणु फेला परेको छैन । डेढ महिना बितिसक्दा पनि सङ्क्रमणको स्रोत पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । प्राकृतिक विपद्‍मा परेका घाइतेको उपचार गर्न चाहने स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघसंस्थाले काउन्सिलबाट अस्थायी दर्ता लिन सक्ने काउन्सिलले जनाएको छ । ‘नेपाल मेडिकल ...
। विपद्‌ प्रभावित विभिन्न जिल्लाबाट पोस्टमार्टमका लागि पोखरा ल्याइएका शवहरू लामो समयसम्म पहिचान हुन नसक्दा व्यवस्थापनमा चुनौती थपिएको छ । शवहरू कुहिएर महामारी फैलन सक्ने जोखिम बढेपछि कास्की प्रशासनले पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन सुरु गरेका छन् । कास्कीका प्रहरी प्रमुख, एसपी नवीन कार्कीका अनुसार पोखरामा कुल १०२ वटा शव ल्याइएको थियो। तीमध्ये पूर्वी नवलपरासीका ४०, ...
: त्रिशूली नदीमा फेला परेका तथा हालसम्म पहिचान हुन नसकेका शवका आंशिक अंग धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौंदी हाइटको ठूलो सामुदायिक वन क्षेत्रमा व्यवस्थापन गरिएको छ। भोटेकोशी बाढीका कारण ज्यान गुमाएका व्यक्तिका शव तथा मानव अंगमध्ये पहिचान हुन नसकेका आंशिक अंगलाई भविष्यमा समेत आवश्यक परे पहिचान गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ...
: रसुवा बाढीमा परी नवलपरासीको नारायणी नदी (गण्डक क्षेत्र)मा फेला परेका शवको व्यवस्थापन गर्न थालिएको छ। सोमबार दिउँसोसम्म ४५ वटा शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिए। शव व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीहरु खटिएका छन्। गण्डक क्षेत्रमा फेला परेका शवहरु राख्ने ठाउँ अभाव भएपछि पृथ्वीचन्द्र ...
। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् । ५० शैय्याको ...