मुख्य समाचार
मन्त्री कुलमान घिसिङले ईलाममा बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षति ‘नसोचेको विपद्’ भएको बताए
मन्त्री कुलमान घिसिङले ईलाममा बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षति ‘नसोचेको विपद्’ भएको बताए

— भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ईलाममा बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षति ‘नसोचेको विपद्’ भएको बताएका छन् ।


शनिबार इलाम पुगेका मन्त्री घिसिङले जिल्ला विपद् व्यवस्थापन समिति बैठकमा इलामलाई संकटग्रस्त क्षेत्र घोषणा भइसकेको भन्दै पुनर्स्थापनालाई तत्काल प्राथमिकतामा राखेर काम अघि बढाइने स्पस्ट पारे । 'यो विपद् हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो,' उनले भने, 'तर अब तीनै तह — संघ, प्रदेश र स्थानीय — मिलेर पुनर्निर्माणमा गम्भीर भएर लाग्न जरुरी छ ।'

मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रमा ठेकेदारहरूले काम नगरी आयोजना बन्धक बनाउने अभ्यास अन्त्य हुने चेतावनी पनि दिए । 'कुनै ठेकेदारले काम नगरी आयोजना होल्ड गर्न पाउँदैन, यस्ता ठेकेदारमाथि तत्काल कारबाही गर्छौं,' उनको भनाइ थियो । उनले बेलिब्रिज, झोलुंगे पुल र स्थायी पक्की पुल निर्माणलाई तीव्रता दिने घोषणा गरे ।

इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार जिल्लामा हालसम्म ३९ जनाको मृत्यु, २६ जना घाइते र ६ जना उपचाररत छन् । घाइते तथा गर्भवती ११ जनाको हवाई उद्धार गरिएको छ । जिल्लामा २७६ जना विस्थापित, १५१ घर पूर्ण रूपमा नष्ट र ३२७ घर आंशिक क्षतिग्रस्त भएका छन् ।

११ वटा पुल र २१ वटा कल्भर्ट क्षतिग्रस्त भएका छन् । राजदुवाली, मेलासे र मांसेवुङ जोड्ने सडक विच्छेद भएको छ भने माइ–जोगमाई सडक पनि अवरुद्ध छ ।


नेपालका अनुसार राहत वितरण पालिकामार्फत भइरहेको छ । 'संघ सरकारले पठाएको दुई लाख रुपैयाँ मृतक परिवारमा पुगिसकेको छ,' उनले बताइन् ।

फाकफोकथुमका १६ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था आएको र राहत रकम वितरण प्रशासनको स्वीकृतिबाट मात्रै गर्न निर्देशन दिइएको उनले बताइन् ।



इलाम नगरपालिकाका मेयर केशव थापाले तीन महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । 'खानेपानी, स्वास्थ्य र आवास अहिलेका प्रमुख चुनौती हुन्,' उनले भने ।

स्थानीयस्तरमा विपद व्यवस्थापनका लागि बजेट अपर्याप्त भएकाले संघ र प्रदेश दुवैतर्फबाट विशेष सहयोग माग गरिएको छ । विद्युत् प्राधिकरणका प्रमुख बिजुलीप्रसाद यादवका अनुसार जिल्लाका सबै पालिकामा विद्युत् आपूर्ति पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय इलामका पवन भट्टराईले राजदुवाली सडक आजै खुलाउने प्रयास भइरहेको जानकारी दिए । स्वास्थ्य क्षेत्रमा औषधि अभावको समस्या देखिएको र स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा खटाइएको जनाइएको छ ।

राहत र पुनर्निर्माण योजना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले प्रभावित परिवारलाई तत्काल सहयोगका लागि रकम पठाइने बताए । 'स्थायी आवासका लागि प्रतिपरिवार चार लाख अनुदान दिने र जमिन नहुनेलाई थप तीन लाख उपलब्ध गराइनेछ,' उनले भने ।

बस्ती स्थानान्तरणका लागि जग्गा खोज्ने जिम्मेवारी स्थानीय तहले लिनेछन् भने अनुगमन पनि स्थानीय तहकै मातहतमा हुनेछ ।

भौतिक सचिव केशवकुमार शर्माले निर्माण सामग्री खरिदका लागि परिषद् बसेर विशेष निर्णय गर्न सकिने बताए । गृहसचिव मधुसूदन आचार्यले विस्थापित प्रहरी चौकीहरु तत्काल पुन:स्थापनाका लागि पहल गर्ने जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ । ‘विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनबमोजिम मास्टर लेभलसरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने निर्णय भएको छ’ सूचनामा भनिएको ...
नेकपा एमालेको केन्द्रीय कमिटी सचिवमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका यामलाल कँडेल निर्वाचित भएका छन्
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि भइरहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट दोस्रो चरणका लागि खेलाडी छनोट
निजी मेडिकल कलेजले गरेको श्रम शोषणविरुद्ध महिनौंको सडक आन्दोलनपछि स्नताकोत्तर तह (पीजी)का आवासीय चिकित्सकको निर्वाह भत्ता सुनिश्चित भयो ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम