मुख्य समाचार
बन्धकहरू सोमबारभित्र मुक्त गर्ने हमासको तयारी
बन्धकहरू सोमबारभित्र मुक्त गर्ने हमासको तयारी

: प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलबाट अपहरण गरी बन्धक बनाइएका सबै बन्धकहरूलाई सोमबारभित्र मुक्त गर्ने तयारी गरेको छ। सबै बन्धकहरुको रिहाइको अन्तिम तयारी भइरहँदा नेपालका विपीन जोशीको अवस्था भने अज्ञात रहेपनि जीवित रहेको अनुमान गरिएको छ।


इजरायली अधिकारीलाई उदृध गर्दै जेरुसेलम पोस्टले हमासले बाँकी रहेका सबै बन्धकहरू ( जीवित र मृत दुबै) लाई सोमबार बिहानभित्र मुक्त गर्ने तयारी गरेको जनाएको छ।



रिपोर्ट अनुसार हमासले जीवित बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति ( ICRCC)का प्रतिनिधिहरूलाई हस्तान्तरण गर्नका लागि जम्मा गर्न सुरू गरिसकेको छ। हस्तान्तरण प्रक्रिया बिहान करिब ६ बजे सुरू हुने अपेक्षा गरिएको छ।


यद्यपि, हमासले हस्तान्तरणस्थल सार्वजनिक भने गरेको छैन । इजरायली अधिकारीहरूलाई पनि अहिलेसम्म स्थानबारे कुनै जानकारी प्राप्त भएको छैन। सम्भवतः एकभन्दा बढी स्थानमा हस्तान्तरण हुनसक्ने अनुमान गरिएको छ। हमासले ४८ जना बन्धकहरूलाई मुक्त गर्नुपर्नेछ। जसमा करिब २० जना जीवित रहेको अनुमान गरिएको छ।

सम्झौताअनुसार सबै बन्धकहरू सोमबार दिउँसोभित्रै अर्थात् युद्धविराम लागू भएको ७२ घण्टा भित्र मुक्त हुनेछन्। केही अरब सञ्चारमाध्यमहरूले पनि हमासले मृत बन्धकहरूको शव समेत इजरायललाई फिर्ता गर्न संकलन गर्न सुरू गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रूसले युक्रेनको राजधानी किएभमा मिसाइलद्वारा आक्रमण गरेको छ । आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । किएभ सहरका अधिकारीहरूले आक्रमणमा एक महिलाको मृत्यु भएको बताएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार बुचामा पनि एक अन्य व्यक्तिको मृत्यु भएको हो । युक्रेनको सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेंकोले भनेका छन्, ‘सत्रुले एकपटक फेरि ...
: इरान र अमेरिकाबीच पछिल्ला करिब ६ महिनादेखि तनाव कायम छ । यसैबीच इरानको शीर्ष नेतृत्वभित्र गम्भीर मतभेद देखिएको दाबी गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार इरानी सत्तामा आएको दरार गहिरिँदै गएको छ र सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति मसूद पेजेश्कियनलाई कथित रूपमा अन्तिम चेतावनी दिएका छन् । रिपोर्टअनुसार सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति पेजेश्कियनलाई ...
: थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एआई–२३७९ उडानमा मंगलबार अचानक तीव्र टर्बुलेन्स (हावाको अस्थिरता) भएपछि विमान करिब ३०० फिट तल झरेको छ । यस घटनामा १० जना यात्रु र ४ जना क्याबिन क्रु सदस्य गरी १४ जना घाइते भएका छन् । क्याबिन क्रुका एक सदस्य गम्भीर घाइते भएका छन् भने अन्यलाई सामान्य चोट ...
। बङ्गलादेश सरकारले बलपूर्वक बेपत्ता पार्ने घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय दिने कानूनी व्यवस्था प्रस्ताव गरेको छ । पदच्युत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा एक हजार पाँच सयभन्दा बढी जबर्जस्ती बेपत्ता पारिएका घटनाको आधिकारिक अनुसन्धानपछि सरकारले यस्तो विधेयक अघि बढाएको हो । सन् २०२४ को जनविद्रोहपछि सत्ता परिवर्तन भएपछि गठन गरिएको अनुसन्धान आयोगले शेख हसिनाको १७ वर्षे ...
ह्वाइट हाउसले शक्तिशाली एआई मोडलहरूको मूल्यांकनका लागि भोलन्टरी फ्रेमवर्क तयार पारेको छ। तोकिएको समयसीमाभित्रै यो ढाँचा तयार भएको ह्वाइट हाउसले सोमबार जनाएको छ। तर यो फ्रेमवर्कभित्र के समावेश छ, कसकसले यसलाई हेर्न पाएका छन् वा कम्पनीहरूले कहिलेदेखि यसको प्रयोग सुरु गर्नेछन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। एक्सियोससँग कुरा गर्दै ह्वाइट हाउसका एक अधिकारीले भने, ‘जुन २ ...