मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा गोलीबारी, ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी
अफगानिस्तान–पाकिस्तान सीमामा गोलीबारी, ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी

: योस हप्ता काबुलमा भएका शक्तिशाली विस्फोटपछि अफगान तालिबानले पाकिस्तानी सीमा चौकीमा आक्रमण गर्दा पाकिस्तान–अफगानिस्तान सीमामा गोलीबारी भएको छ।


तालिबानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विस्फोटका लागि पाकिस्तानलाई दोष दिएको छ। तालिबानले पाकिस्तानी सेनालाई परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। तर पाकिस्तानले स्पष्ट प्रतिक्रिया दिएको छैन।

रोयटर्सले दुवै देशका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै शनिबार राति सीमाका धेरै स्थानमा भीषण झडप भएको बताएको छ। पाकिस्तानी सुरक्षा अधिकारीले अफगानिस्तानबाट भएको बिना उक्साहट गोलीबारीको जवाफ पूर्ण शक्तिका साथ दिइरहेको बताएका छन्। सीमामा ६ भन्दा बढी स्थानमा गोलीबारी भएको उनीहरूले उल्लेख गरेका छन्।


तालिबान सेनाले तीन पाकिस्तानी सीमा चौकी कब्जा गरेको दाबी गरेको छ भने पाकिस्तानी सुरक्षा अधिकारीले आफ्नो सेनाले धेरै अफगानी चौकी ध्वस्त पारेको बताएका छन्।

तालिबानको रक्षा मन्त्रालयले अफगान भूमिमा हालै गरिएका पाकिस्तानी सैन्य कारबाहीको जवाफमा सीमापार पाकिस्तानी सेनामाथि ठुलो मात्रामा बदला लिने आक्रमण सुरु गरेको बताएको छ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानका सैन्य स्रोतले कारबाहीको पुष्टि गरेका छन्। यस्तै अफगान आक्रमणको कडा जवाफ दिँदै धेरै चौकी ध्वस्त पारेको दाबी गरेका छन्।

यस विषयमा पाकिस्तानबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन।

यसैबीच अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी आक्रमणको जवाफमा गरिएको कारबाहीमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेका छन्।

आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकी कब्जा गरिएको र लडाई समाप्त भएपछि फिर्ता गरिएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...