मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा गोलीबारी, ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी
अफगानिस्तान–पाकिस्तान सीमामा गोलीबारी, ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी

: योस हप्ता काबुलमा भएका शक्तिशाली विस्फोटपछि अफगान तालिबानले पाकिस्तानी सीमा चौकीमा आक्रमण गर्दा पाकिस्तान–अफगानिस्तान सीमामा गोलीबारी भएको छ।


तालिबानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विस्फोटका लागि पाकिस्तानलाई दोष दिएको छ। तालिबानले पाकिस्तानी सेनालाई परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। तर पाकिस्तानले स्पष्ट प्रतिक्रिया दिएको छैन।

रोयटर्सले दुवै देशका सुरक्षा अधिकारीलाई उद्धृत गर्दै शनिबार राति सीमाका धेरै स्थानमा भीषण झडप भएको बताएको छ। पाकिस्तानी सुरक्षा अधिकारीले अफगानिस्तानबाट भएको बिना उक्साहट गोलीबारीको जवाफ पूर्ण शक्तिका साथ दिइरहेको बताएका छन्। सीमामा ६ भन्दा बढी स्थानमा गोलीबारी भएको उनीहरूले उल्लेख गरेका छन्।


तालिबान सेनाले तीन पाकिस्तानी सीमा चौकी कब्जा गरेको दाबी गरेको छ भने पाकिस्तानी सुरक्षा अधिकारीले आफ्नो सेनाले धेरै अफगानी चौकी ध्वस्त पारेको बताएका छन्।

तालिबानको रक्षा मन्त्रालयले अफगान भूमिमा हालै गरिएका पाकिस्तानी सैन्य कारबाहीको जवाफमा सीमापार पाकिस्तानी सेनामाथि ठुलो मात्रामा बदला लिने आक्रमण सुरु गरेको बताएको छ।

बीबीसी उर्दूका अनुसार पाकिस्तानका सैन्य स्रोतले कारबाहीको पुष्टि गरेका छन्। यस्तै अफगान आक्रमणको कडा जवाफ दिँदै धेरै चौकी ध्वस्त पारेको दाबी गरेका छन्।

यस विषयमा पाकिस्तानबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन।

यसैबीच अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी आक्रमणको जवाफमा गरिएको कारबाहीमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेका छन्।

आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकी कब्जा गरिएको र लडाई समाप्त भएपछि फिर्ता गरिएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकारी आवास ‘गणभवन’ लाई ‘जुलाई जनविद्रोह स्मारक संग्राहलय’ बनाइएको छ । बुधबार ‘गणभवन’मा ‘जुलाई जनविद्रोह स्मारक संग्राहलय’को उद्घाटन गरिएको छ । जुलाई–अगस्त २०२४ को छात्र आन्दोलनका दौरान मारिएका नागरिकको सम्झनामा संग्राहलय बनाइएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री तारिक रहमानले राजधानी ढाकाको शेर–ए–बांग्ला नगरस्थित गणभवनमा संग्राहलयको उद्घाटन गरेका हुन् । कार्यक्रम ५ ...
। रूसले युक्रेनको राजधानी किएभमा मिसाइलद्वारा आक्रमण गरेको छ । आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । किएभ सहरका अधिकारीहरूले आक्रमणमा एक महिलाको मृत्यु भएको बताएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार बुचामा पनि एक अन्य व्यक्तिको मृत्यु भएको हो । युक्रेनको सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेंकोले भनेका छन्, ‘सत्रुले एकपटक फेरि ...
: इरान र अमेरिकाबीच पछिल्ला करिब ६ महिनादेखि तनाव कायम छ । यसैबीच इरानको शीर्ष नेतृत्वभित्र गम्भीर मतभेद देखिएको दाबी गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार इरानी सत्तामा आएको दरार गहिरिँदै गएको छ र सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति मसूद पेजेश्कियनलाई कथित रूपमा अन्तिम चेतावनी दिएका छन् । रिपोर्टअनुसार सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति पेजेश्कियनलाई ...
: थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एआई–२३७९ उडानमा मंगलबार अचानक तीव्र टर्बुलेन्स (हावाको अस्थिरता) भएपछि विमान करिब ३०० फिट तल झरेको छ । यस घटनामा १० जना यात्रु र ४ जना क्याबिन क्रु सदस्य गरी १४ जना घाइते भएका छन् । क्याबिन क्रुका एक सदस्य गम्भीर घाइते भएका छन् भने अन्यलाई सामान्य चोट ...
। बङ्गलादेश सरकारले बलपूर्वक बेपत्ता पार्ने घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय दिने कानूनी व्यवस्था प्रस्ताव गरेको छ । पदच्युत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा एक हजार पाँच सयभन्दा बढी जबर्जस्ती बेपत्ता पारिएका घटनाको आधिकारिक अनुसन्धानपछि सरकारले यस्तो विधेयक अघि बढाएको हो । सन् २०२४ को जनविद्रोहपछि सत्ता परिवर्तन भएपछि गठन गरिएको अनुसन्धान आयोगले शेख हसिनाको १७ वर्षे ...