मुख्य समाचार
सुपर सिक्समा १ रनको रोमाञ्चक जित
सुपर सिक्समा १ रनको रोमाञ्चक जित

। नेपाली क्रिकेट टोलीले ओमानमा यूएईविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा यसअघि सधैं हार बेहोरेको थियो ।

दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ प्रदर्शन गरेपछि ओमानी भूमिमा यूएईविरुद्ध लगातार तीन खेलको हारको शृंखला टुङ्ग्याउँदै टी-२० विश्वकप एसिया एण्ड इएपी छनोटको सुपर सिक्समा १ रनको रोमाञ्चक जित हात पारेको छ ।

अल अमेरत ग्राउण्डमा कप्तान रोहित कुमार पौडेलले टस जितेपछि नेपालले ओपसनर आसिफ शेखको अर्धशतकमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

१४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएपछि नेपालले हार नजिक पुगेर जित निकाल्यो । रोमाञ्चक जितपछि नेपालका कप्तान रोहित पौडेलले १५-२० रन थोरै भएपनि बलिङमा पुनरागमन गर्द जित सम्भव भएको बताए ।

‘१४० रन बोर्डमा पर्याप्त थिएन । हामीले १६०-१७० रन बनाउनुपर्ने थियो । तर उनीहरुले लास्ट १० ओभरमा राम्रो बलिङ गरे । क्रेडिट उनीहरुलाई जान्छ । तर अन्तिममा हामी विनिङ साइडमा रह्यौं’ रोहितले पोष्ट म्याचमा भने, ‘विश्वास सधैं थियो । हामी १ विकेट हेरिरहेका थियौं । जब हामीले अलिसानको विकेट लियौं हामीलाई थाहा थियो अब खेलमा फर्कन सकिन्छ।’

टी-२० खेलमा १ रनको जित/हार निकै रोचक हुने गर्छ । आजको दिन नेपालको पक्षमा रह्यो । त्यसमा दीपेन्द्र सिंह ऐरी अर्थात ‘टाइगर’ले सानदार प्रदर्शन गरे ।



ब्याटिङमा १ रनमै आउट भएपनि बलिङ र फिल्डिङमा भने उनले जबरजस्त प्रदर्शन गरे । ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका उनले एक रनआउट पनि गरे ।

रोहितले दीपेन्द्रको निकै तारिफ पनि गरे । ‘यदि तपाईँसँग दीपेन्द्र सिंह ऐरी छ भने अरु केही चाहिँदैन । दीपेन्द्रले रन नबनाए पनि बलिङ र रनआउटबाट योगदान गर्छन् । उनी फुल प्याकेज हुन्’ दीपेन्द्रको प्रदर्शनबारे कप्तान रोहितले भने ।

सुपर सिक्समा यूएईलाई हराएपछि नेपालले घरेलु टोली ओमान समान ४ अंक जोडेको छ र अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपका लागि एक खुड्किलो अगाडि बढाएको छ ।

एसोसिएट क्रिकेटमा ‘एल क्लासिको’को रूपमा चर्चा पाएको नेपाल र यूएईबीच आइतबारको खेल पनि त्यस्तै रह्यो । खेल प्रतिस्पर्धात्मक मात्र भएन फिनिसिङ पनि निकै रोमाञ्चक रह्यो ।

दुवै टिमका एक एक खेलाडीले अर्धशतक प्रहार गरे । पहिलो इनिङमा नेपालका आसिफ शेखले ४७ बलमा ५१ रन बनाएका थिए । यूएईले उत्कृष्ट बलिङ गरेको थियो । ६ बलरहरुले १-१ विकेट लिए ।

त्यसपछि दोस्रो इनिङमा यूएईका अलिशान सराफुले अर्धशतक प्रहार गरे । उनले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए ।

यूएई कुनै समय ८३-१ को अवस्थामा थियो । सोमपालले कप्तान मुहम्मद वासिमलाई १ रनमै आउट गरेका थिए । तर त्यसपछि खेलमा नायक हुने पालो आयो दीपेन्द्रको । दीपेन्द्रले नै सराफु र जोनाथन फिगीको ८१ रनको साझेदारी तोडे । उनले १२औं ओभरमा फिगीलाई आउट गर्दै पहिलो विकेट लिए ।

त्यसपछि १४औं ओभरमा दीपेन्द्रले सराफुको महत्वपूर्ण विकेट लिए । अर्धशतक बनाउँदै यूएईको इनिङ्स सम्हालेका सराफुलाई दीपेन्द्रले बोल्ड गर्दै खेललाई नेपालतिर ढल्काए ।



त्यसपछि गुल्सनले १५औं ओभरमा हर्सित कोशिकलाई आउट गरे । सन्दीप लामिछानेले बलिङ गरेको १६औं ओभरमा नेपालले २ विकेट लियो । सन्दीपको बलिङमा दीपेन्द्रले नै राहुल चोपरालाई रनआउट गरे भने सन्दीपले बसिल हमिदलाई बोल्ड गरे ।

त्यसपछि खेलको क्लाइमेक्स अन्तिम ओभरमा देखियो । यूएई जितको नजिक थियो । क्रिजमा सेट ब्याटर ध्रुव पारासेर थिए । तर अन्तिम ओभरको नायक दीपेन्द्र बने ।

अन्तिम ओभरमा यूएईलाई जितका लागि १० रन चाहिएको अवस्थामा कप्तान रोहितले बल दीपेन्द्रलाई थमाए । खेलको अन्तिम ओभर बलिङ गरेका उनले १० रन डिफेण्ड गरे ।

जाहिद अलीले पहिलो बलमा सिंगल लिएर पारासारलाई स्ट्राइक दिए । दोस्रो बल डट खेलेका पारासारले तेस्रो बलमा दीपेन्द्रलाई छक्का प्रहार गरेपछि यूएई १३८-६ रन बनाउँदै जितको निकै नजिक पुगेको थियो ।

तर अन्तिम तीन बलको कथा अर्कै थियो । चौथो बलमा दीपेन्द्रले पारासारलाई सन्दीप जोराबाट लङअनमा क्याचआउट गराए ।

अझ पाँचौ बलको कथा निकै रोचक छ । दुई रन लिने चक्करमा रहेका यूएईका ब्याटर दोस्रो रन लिने क्रममा हैदर अली रनआउट भए । तर पहिलो बलमै शर्ट रहेपछि यूएईले १ रन पनि पाएन ।

३ बलमा ३ रन आवश्यक रहेको यूएईले अब अन्तिम बलमा ३ रन जोड्नुपर्ने अवस्था आयो । यस्तोमा जुनैद सिद्दिकीले एक रन लिएपनि दोस्रो रन लिने क्रममा जाहिद अली पनि रनआउट भए ।

यूएईका कप्तान मुहम्मद वासिमले एक रन शर्ट हुँदा खेलमा घाटा लागेको बताए । यस्तै उनले अब आउने खेलमा अझ बलियो भएर आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम