मुख्य समाचार
इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु
इजिप्टमा कार दुर्घटना हुँदा तीन कतारी कूटनीतिज्ञको मृत्यु

। इजिप्टको प्रसिद्ध रिसोर्ट शहर शर्म अल-शेख नजिक आइतबार भएको कार दुर्घटनामा तीन कतारी कूटनीतिज्ञको मृत्यु भएको छ । दुर्घटनामा थप दुई घाइते भएका छन्।

सुरक्षा सूत्रका अनुसार, ती कूटनीतिज्ञको कार शहरबाट करिब ५० किलोमिटर टाढा एक मोडमा पल्टिएको थियो। यो दुर्घटना सोमबार इजिप्टमा आयोजना हुँदै गरेको गाजा शान्ति योजनाका अन्तिम वार्ताका एक दिनअघिको घटना हो।


तर अहिलेसम्म मृत कूटनीतिज्ञहरू कतारको ती वार्ता टोलीको सदस्य रहेको बारे केही स्पष्ट भएको छैन । कतारी कुटनीतिज्ञहरूको एक टोली अहिले इजिप्टका अधिकारीहरूसँग मिलेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा योजनाको पहिलो चरणका लागि वार्तामा छ ।

शिखर सम्मेलनको सह-अध्यक्षता इजिप्टका राष्ट्रपति अब्देल फतह अल-सिसि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नेछन्। शनिबार जारी विज्ञप्ति अनुसार, यस सम्मेलनमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्।



सम्मेलनको उद्देश्य गाजामा युद्ध अन्त्य गराउन, मध्यपूर्वमा शान्ति र स्थिरता प्रवर्द्धन गर्न र क्षेत्रीय सुरक्षा सुनिश्चित गर्नु हो।

हमासले भने इजिप्टमा हुने गाजा शान्ति सम्झौताको औपचारिक हस्ताक्षर समारोहमा सहभागी नहुने बताएको छ । हमासका एक वरिष्ठ नेताले ट्रम्पको योजनाका केही पक्षप्रति असहमति व्यक्त गरेका छन्।

टाइम्स अफ इजरायलमा आएको रिपोर्ट अनुसार, हमास नेताहरूले आफ्ना सदस्यहरूलाई गाजा छोड्न प्रस्ताव गर्नु ‘वाहियात’ भएको भन्दै खारेज गरेका छन्।

ट्रम्पले बुधबार इजरायल र हमासले उनकी २०- बुँदे योजनाको पहिलो चरणमा सहमति जनाएका बताएका छन् । यस योजनाको उद्देश्य गाजामा युद्धविराम कायम गराउनु, सबै इजरायली बन्धकहरूको रिहाइका बदला करिब २,००० प्यालेस्टिनी कैदीहरूको रिहाइ र इजरायली सेनाहरूको क्रमशः फिर्ता पुष्टि गर्नु हो।

पहिलो चरण स्थानीय समयअनुसार, शुक्रबार अपराह्न सवा १२ बजेबाट लागू भएको थियो।

योजनाको दोस्रो चरणमा गाजामा नयाँ शासन व्यवस्था स्थापना गर्नु, प्यालेस्टिनी कर्मचारी र अरब–इस्लामिक देशका सैनिकहरू मिलेर एक सुरक्षा बल गठन गर्नु र हमासको निशस्त्रीकरण सुनिश्चित गर्नु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...