मुख्य समाचार
नोबेल शान्ति पुरस्कार नपाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि प्रतिक्रिया दिए
नोबेल शान्ति पुरस्कार नपाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि प्रतिक्रिया दिए

। नोबेल शान्ति पुरस्कार नपाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि प्रतिक्रिया दिएका छन्।

सोमबार ह्वाइट हाउसले सार्वजनिक गरेको अडियो क्लिपमा ट्रम्प भन्छन्, ‘मैले अहिलेसम्म आठवटा युद्ध रोकेको छु। यो गर्न पाउनु गर्वको कुरा हो। मैले लाखौं जनताको ज्यान बचाएको छु।’


ट्रम्पले थपेका छन्, ‘हालै दिइएको नोबेल शान्ति पुरस्कार २०२४ का लागि चयन गरिएको थियो। तर केहीले म अपवाद हुन सक्ने बताएका थिए किनभने मैले जुन युद्धहरू रोकेँ ती सबै यसै वर्ष सन् २०२५ का घटनाक्रम हुन्। तर मैले यो नोबेलका लागि होइन, मानिसको जीवन बचाउनका लागि गरेको हुँ ।’

उनले पाकिस्तान र अफगानिस्तानबीच चलिरहेको युद्ध पनि रोक्ने बताएका छन् । ‘मैले सुनेँ, पाकिस्तान र अफगानिस्तानबीच पनि युद्ध चलिरहेको छ। मैले भनेको छु, उनीहरूले म फर्केर आउन्जेल पर्खनुपर्छ, किनकि म युद्ध सुल्झाउन माहिर छु।’



ट्रम्प अहिले गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत इजरायल पुगेका छन् । त्यहाँबाट उनी इजिप्ट जानेछन् । इजिप्टमा गाजा युद्ध अन्त्य गर्ने समझदारीबारे छलफल हुनेछ ।

इजरायलको संसदमा ट्रम्पको सम्बोधन

ट्रम्प हमासले बन्धक बनाएका बन्दीहरूलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुनेछन् । त्यसका लागि उनी इजरायल प्रस्थान गरेका छन् ।

गाजाबाट बन्धकहरूलाई मुक्त गर्नका लागि हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्न लागेका हुन् ।

सोमबार इजरायल पुगेर ट्रम्पले त्यहाँको संसदलाई सम्बोधन गर्नेछन् ।

इजिप्ट बैठकमा को-को सहभागी हुन्छन् ?

समाचार संस्था रोयटर्सका अनुसार, यो बैठक शर्म अल-शेखमा हुनेछ। यसमा अमेरिकी राष्ट्रपति ट्रम्पसहित २० देशका नेताहरू सहभागी हुनेछन् ।

मिडिया रिपोर्टअनुसार, यहाँ सहभागी हुन अमेरिका स्पेन, जापान, अजरबैजान, आर्मेनिया, हङ्गेरी, एल साल्भाडोर, साइप्रस, ग्रीस, बहरेन, कुवेत, क्यानडा लगायत देशलाई निमन्त्रणा पठाएको छ।

इरानलाई पनि आमन्त्रित गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सोमबार इजिप्टमा हुने सम्मेलनमा सहभागी हुनेछन् ।

इजिप्टको विदेश मन्त्रालयका अनुसार ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’मा उक्त सम्मेलनमा हस्ताक्षर गरिने छ ।

गाजा युद्धविराम सम्झौताको पहिलो चरणअनुसार आज इजरायली सेनाले २ वर्षपछि गाजाबाट फिर्ती सुरु गर्नेछ। यसको बदलामा हमासले ४८ जना इजरायली बन्धकलाई मुक्त गर्नेछ, जसमा २० जना जीवित र २८ शव समावेश छन्।

इजरायली सेनाले शुक्रबार दिउँसोभित्र गाजाबाट प्रारम्भिक फिर्ती पूरा गरिसकेको थियो। त्यसपछि हमासलाई ७२ घण्टा समय दिइएको छ। यो प्रक्रिया ट्रम्पको २० सूत्रीय युद्धविराम योजनाअन्तर्गत भइरहेको हो ।

इजरायली सेनाको फिर्ती दुई चरणमा हुनेछ ।

पहिलो चरण ६ हप्ताको हुनेछ । यो समयमा –

हमासले २० जना जीवित र २८ शव फिर्ता गर्नेछ।
इजरायलले २,००० जना प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ।
इजरायली सेनाले गाजाको ७० प्रतिशत (लगभग २१० वर्ग किलोमिटर) क्षेत्रबाट फिर्ती लिनेछ।
उनीहरू ‘यलो लाइन’ पछाडि रहनेछन्।
पहिलो ५ दिन प्रत्येक दिन ४०० ट्रकमा खाना, औषधि र राहत सामग्री पठाइनेछ।
विस्थापित प्यालेस्टिनीहरू घर फर्कन पाउनेछन्।
दोस्रो चरण भने २ वर्षपछि सुरु हुनेछ । त्यतिबेला –

इजरायलले बाँकी ३० प्रतिशत क्षेत्रबाट पनि सेना फिर्ती गर्नेछ।
इजिप्ट, कतार, टर्कीए, यूएई र अमेरिका संलग्न संयन्त्रले सुरक्षा हेर्नेछ।
हमासले हतियार त्याग्नेछ र गाजामा नयाँ सरकार गठन बारे वार्ता हुनेछ।
हतियार नत्याग्ने हमासको संकेत

हमासले गाजाको प्रशासन अरू कुनै प्यालेस्टिनी समूहलाई हस्तान्तरण गर्न तयार भएको जनाएको छ । तर, यसका लागि प्यालेस्टिनी जनताको सहमति र अरब–इस्लामिक देशहरूको समर्थन चाहिने शर्त राखेको छ ।

हमासले प्यालेस्टिनी जनताको भविष्यबारे हुने वार्तामा सहभागी हुने चाहना पनि राखेको छ । हमासका पोलिटब्युरो सदस्य मोउसा अबु मार्जुकले अल जजिरासँग भने, ‘जबसम्म गाजामाथि इजरायली कब्जा अन्त्य हुँदैन, हामी हतियार त्याग्नेछैनौं ।’

उनले थपे, ‘हामी भविष्यको प्यालेस्टिनी राज्यलाई हतियार हस्तान्तरण गर्न तयार छौं, जसले गाजामा शासन गर्नेछ।’

( एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले ‘डाइभर्सिटी इमिग्रेन्ट भिसा (डीभी) लटरी’ कार्यक्रम स्थगित गरेको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बिहीबार राति राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा डीभी-१ स्थगित गरिएको जानकारी दिएकी छन्। ब्राउन विश्वविद्यालयमा भएको सामूहिक गोलीकाण्डपछि उक्त कार्यक्रम रोक्न संयुक्त राज्य नागरिकता तथा आप्रवासन सेवालाई आदेश दिएको उनको भनाइ छ। 'राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यो विनाशकारी कार्यक्रमबाट थप कुनै अमेरिकी ...
: युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्। यसअघि,युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरेका थिए। नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि ...
: बंगलादेशी विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बंगलादेशमा पुनः हिंसात्मक अवस्था सिर्जना भएको छ। राजधानी ढाकाका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनसँगै तोडफोड र आगजनीका घटनाहरू भएका छन्। बीबीसी बंगलाका अनुसार हादीको मृत्युपछि ढाकाको धनमन्डी,शाहबागलगायत क्षेत्रहरूमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उनीहरूले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। यसैबीच,बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले ...
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम