मुख्य समाचार
गत १८ असोजको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको इलाम जिल्लाको निरीक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ पुगे
गत १८ असोजको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको इलाम जिल्लाको निरीक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ पुगे

। गत १८ असोजको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको इलाम जिल्लाको निरीक्षणका लागि भौतिक पूर्वाधार विकासमन्त्री कुलमान घिसिङ पुगेका छन् ।

शनिबार भौतिक पूर्वाधार सचिव, गृहसचिव र नेपाल प्रहरी प्रमुखलाई साथमा लिएर पुगेका उनले बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि छलफल गरेर फर्किए । मन्त्री निरीक्षणका लागि पुग्दा प्रदेश सरकारका प्रतिनिधि भने सहभागी थिएनन् ।




मन्त्री घिसिङ आएको र गएको प्रदेश सरकारका पदाधिकारीले औपचारिक जानकारी नै पाएनन् । विगतमा भने संघीय मन्त्री आउँदा प्रदेशका मन्त्री पुग्थे । जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्री आउँदा प्रदेश सरकारसँग समन्वय गरेका छैनन्, समन्वय नहुँदा प्रदेशको सहभागिता पनि भएको छैन ।

‘मन्त्रीज्यू आउनुभएको कुरा सामाजिक सञ्जालमा देखेपछि थाहा भयो’, प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले भने, ‘हामीलाई औपचारिक जानकारी भएन ।’



कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर इलाम जिल्लाका हुन् । बाढी पहिरो प्रभावितको राहत उद्धारमा खटिएका उनी मन्त्री घिसिङ पुग्दा देखिएनन् । विराटनगरमा रहेका मन्त्री मगरले संघबाट मन्त्री आएको औपचारिक जानकारी नै नपाएको बताए ।

बाढी पहिरो प्रभावितको राहत उद्धारका लागि संघ प्रदेश र स्थानीय सरकारले काम गरिरहेका छन् । नयाँ सरकारका मन्त्रीले प्रदेश तहसँग समन्वय गरेका छैनन् ।

शनिबार पुगेका मन्त्री घिसिङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरी जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भए ।

छलफलका क्रममा पालिका प्रमुखहरुले बाढी र पहिरोबाट क्षतिग्रस्त भएका संरचना पुननिर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए । छलफलमा उनले कुनै घोषणा गरेनन् । तर, संघीय सरकारले संकटग्रस्त जिल्ला घोषणा गरेका कारण प्राथमिकताका साथ काम गर्ने बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार मन्त्री घिसिङसहितको टोलीले इलाम नगरपालिका– १० को माइटापु, इलाम नगरपालिका ९ को राजदुवाली सडकखण्ड, मेचीराजमार्ग पुवाखोलास्थित मिलगोलाई क्षेत्रको निरीक्षण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लाका विपद प्रभावित क्षेत्रहरूका विषयमा जानकारी लिएकाे उनले बताइन् ।

छलफलका क्रममा स्थानीय पालिका प्रमुखहरुले तत्कालका लागि चाहिने जिन्सीभन्दा पनि पुननिर्माणमा सहयोग गर्न आग्रह गरेको उनले बताए । ‘पालिका प्रमुखज्यूहरुबाट तत्कालका लागि राहत सामग्रीभन्दा पनि भत्किएका सडक र भौतिक संरचना निर्माणका लागि आग्रह गर्नु भएको छ’, उनले भनिन्, ‘पालिकाहरुले राहत चाहिँ लगभग लगभग पुगिसकेको छ, पुनर्स्थापना नै हो भन्नुभएको छ ।’ मन्त्रीले घिसिङले पालिकाको समस्याहरु टिपेर लगेका थिए ।

बाढी पहिराेमा परी इलाममा ३९ जनाकाे मृत्यु भएकाे थियाे । २३८ परिवार विस्थापित भएका थिए । पहिराेका कारण अवरुद्ध मेची राजमार्ग अझै खुलेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ । रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । ...
। १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम