मुख्य समाचार
बन्दी रिहाइ समारोहमा भाग लिन इजरायल जाँदै ट्रम्प
बन्दी रिहाइ समारोहमा भाग लिन इजरायल जाँदै ट्रम्प

। हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् ।

गाजाबाट बन्धकहरूलाई मुक्त गर्नका लागि हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल प्रस्थान गर्न लागेका हुन् ।

गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ ।

इजरायल जानुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘युद्ध समाप्त भएको’ बताएका छन् । साथै उनले युद्धविराम कायम रहने र गाजाका लागि ‘बोर्ड अफ पिस’ छिट्टै गठन गरिने पनि बताए ।



ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र युद्धविराममा मध्यस्थताको भूमिका खेलेको कतारको पनि प्रशंसा गरे ।

इजरायल र हमासबीचको युद्ध सन् २०२३ अक्टोबर ७ मा हमास–नेतृत्वको इजरायलका दक्षिणी भागमा भएको आक्रमणपछि सुरु भएको थियो ।

विपिनको अवस्था अझै अज्ञात

त्यस आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० मानिस मारिएका थिए । कञ्चनपुरका विपिन जोशीसहित २५१ जना बन्धक बनाइएका थिए । विपिनको अवस्था अझै थाहा हुन नसकेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताए ।

त्यसपछि इजरायलले युद्ध घोषणा गर्दै सैन्य कारबाही तीव्र पारेको थियो । इजरायलको आक्रमणको कारण गाजामा ६७ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा १८ हजार भन्दा बढी बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रम्पको मध्यस्थतामा गत शुक्रबार बिहानदेखि युद्धविराम लागू भएको थियो । यो २० बुँदे शान्ति योजनाको पहिलो चरण अन्तर्गत हमासले बन्धक बनाएका बन्दीहरुलाई रिहाइ गरिने छ । बाँकी कामहरु अरु वार्तामार्फत् तय गर्ने अधिकारीहरुले बताएका छन् ।

पहिलो चरणमा इजरायलका करिब २० जना बन्धकहरू जीवित रहेको विश्वास गरिएको छ, भने हमासले २८ जना मृतक बन्धकहरूको शव पनि फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सम्झौताअनुसार, इजरायलले करिब २५० जना प्यालेस्टिनी कैदी र गाजाका १ हजार ७०० जना बन्दीलाई मुक्त गर्नेछ । इजरायली सरकारका प्रवक्ताले हमासबाट मुक्त भएका जीवित बन्धकहरू इजरायली भूभागमा पुगेपछि मात्र कैदीहरूलाई मुक्त गरिने बताएका छन् । साथै उनले गाजामा सहायता सामग्रीको परिमाण पनि बढाइने बताएका छन् ।

इजरायलको संसदमा ट्रम्पले गर्नेछन् सम्बोधन

ट्रम्प सोमबार इजरायल पुग्ने र त्यहाँको संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँगै शर्म अल–शेखमा आयोजना हुने शिखर सम्मेलनको नेतृत्व गर्नेछन् ।

इजिप्टको विदेश मन्त्रालयका अनुसार ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’मा उक्त सम्मेलनमा हस्ताक्षर गरिने छ ।

उक्त समारोहमा २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्, जसमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास पनि रहनेछन् ।

ट्रम्पले भने– युद्धविराम कायम रहने छ

बीबीसीले युद्धविराम टिक्ने विश्वास छ कि छैन भनेर सोध्दा ट्रम्पले युद्धविराम कायम रहने बताएका छन् । उनले भनेका छन्, ‘युद्धविराम कायम रहनेछ । म युद्ध समाधान गर्न जान्दछु र शान्ति स्थापना गर्न पनि सक्षम छु ।’

इजरायली आक्रमणबाट ध्वस्त भएको गाजा क्षेत्र छिट्टै सामान्य अवस्थामा फर्कने ट्रम्पको विश्वास छ । गाजाको हेरचाहका लागि बोर्ड अफ पिस नामक निकाय छिट्टै गठन गरिने उनले बताए ।

डोनाल्ड ट्रम्पको पहलमा गत शुक्रबार युद्धविराम सम्झौता भएपछि शनिबारको दिन इजरायली शहर तेल अविवमा सयौं इजरायलीहरू भेला भएर अमेरिकाप्रति कृतज्ञता व्यक्त गर्दै प्रदर्शन गरेका थिए ।

यद्यपि शान्ति योजनाका आगामी चरणहरूमा सहमति जुटाउन कठिन हुन सक्ने विश्लेषण गरिएको छ । विशेष गरी गाजाको प्रशासन, इजरायली सेना फिर्ता लैजाने सीमा र हमासको निशस्त्रीकरणका विषयमा सहमति जुटाउन कठिन हुनसक्ने बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्लेगारिजम विवादको केन्द्रमा रहेका क्याम्ब्रिज विश्वविद्यालयका एक प्रोफेसरले राजीनामा दिएका छन्। बुधबार विश्वविद्यालयले प्रोफेसर जेसन आर्डेका बारेमा जानकारी सार्वजनिक गरेको छ। उनका ‘शैक्षिक योग्यता र मानार्थ नियुक्ति’ सम्बन्धी ‘नयाँ जानकारी’ पछि छानबिन सुरु गरिएको विश्वविद्यालयले जनाएको छ। आर्डे सन् २०२३ मा विश्वविद्यालयको सबैभन्दा कान्छो कालो जातिका प्रोफेसर बनेका थिए। उनले आफ्नो काममा त्रुटि भएको स्वीकार ...
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायल अमेरिकाको राम्रो साझेदार र सहयोगी देश भएको बताएका छन्। उनले साथीहरूबीच पनि मतभेद हुनसक्ने उल्लेख गरेका छन्। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ब्लेयर हाउसमा भएको बैठकमा आफ्नो विरोध नगरेको बताएका छन्। यसअघि केही रिपोर्टहरूमा नेतान्याहुले भान्सको विरोध गरेको दाबी गरिएको थियो। जेडी भान्सले इरानको प्रसंग उल्लेख गर्दै त्यहाँ ...
। दक्षिण कोरियामा अत्यधिक गर्मीका कारण भीषण हिटवेभ चलेको छ। राजधानी सोलमा बिहीबार तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यो अत्यधिक गर्मीका कारण अहिलेसम्म २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बिहीबार हिटवेभ प्रतिक्रिया सम्बन्धी बैठकमा सम्बोधन गरे। उनले भने, “हामीले कहिल्यै अनुभव नगरेको स्तरको अत्यधिक गर्मी दिनप्रतिदिन ...
। बङ्गलादेशले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको बुधबार नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गरेको विषयमा आक्रोश व्यक्त गरेको छ । हसिनालाई बङ्गलादेशको राष्ट्रियता र यहाँका जनता विरुद्ध सामुहिक अपराध गरेको आरोप लगाइएको छ । बुधबार जारी गरिएको एक प्रेस वक्तव्यमा बङ्गलादेशको विदेश मन्त्रालयले फरार दोषी नरसंहारकर्ता शेख हसिनालाई नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गर्ने अनुमति दिइएकोमा बङ्गलादेश आक्रोशित भएको ...
। इरान र ओमान होर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् । यद्यपि तेहरानले रणनीतिक जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्‍याएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको र ...