मुख्य समाचार
गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त
गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त

। भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् ।

तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरू मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका हुन् । गुण्डुका प्राय सबै किसानका बारी यतिखेर मखमली फूलले ढकिढकाउ भएका छन् भने घर–घरमा माला गाँस्न किसानहरू व्यस्त छन् ।

गुण्डुमा उत्पादन भएका फूलहरूले उपत्यका लगाएत आसपासका जिल्लामा खपत हुने गरेको छ । भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुँदै आएका छन् ।

वर्षेनी मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारीहरू खेतबारीमा नै पुग्ने गरेका छन् । अहिले नगरपालिकाले समेत फूलको उत्पादनका लागि किसानहरूलाई प्रोत्साहन गर्दै आएको छ ।

तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ । दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला लगाइदिने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ...
— चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विनियोजनको ४६ प्रतिशत मात्र सरकारी खर्च गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा यो १०.७५ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेको थियो । गत पुससम्म ९ खर्ब ४ अर्ब ६४ करोड ४३ लाख खर्च भएको अर्थ ...
— वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ६४ करोड मूल्य पर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात ...
: सिम्रिक एयरले नयाँ हेलिकप्टर थप गरेको छ। उच्च हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा सञ्चालन क्षमता थप सुदृढ गर्ने उद्देश्यसहित एयरबस एच१२५ (एएस३५० बी३ ई) हेलिकोप्टर आफ्नो फ्लीटमा थप गरेको कम्पनीले जानकारी दिएको छ। ९ एन–एओओ दर्ता नम्बरको उक्त हेलिकप्टर २०२६ जनवरी ३० देखि औपचारिक रूपमा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। यससँगै सिम्रिक एयरको फ्लीटमा तीनवटा ...
: आर्थिक वर्ष २०८२/८३ को कार्तिकदेखि पुस मसान्तसम्म (दोस्रो त्रैमासिक)को विवरणअनुसार कुल बजेटमध्ये चालु खर्चको हिस्सा उच्च देखिएको छ। पुँजीगत खर्च अपेक्षाकृत कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.०१ ...