मुख्य समाचार
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

। वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् ।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् ।

विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो ।

सो क्रममा उनको कार्यकक्षबाट सो रकम र एक थान मोबाइलसहित उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नारायणी अस्पताल वीरगन्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटको विरोधमा वीरगन्जका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले आइतबारदेखि अनिश्चितकालीन हडताल सुरु गरेका छन्। आन्दोलनका कारण नारायणी अस्पतालसहित सरकारी, सामुदायिक, निजी अस्पताल र मेडिकल कलेजमा आकस्मिक सेवासमेत प्रभावित भएको छ। शनिबार अस्पतालको आकस्मिक कक्षमा ल्याइएका वीरगन्ज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारका ...
: वीरगन्जको नारायणी अस्पतालमा शनिबार उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनापछि आकस्मिक कक्षमा कार्यरत चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीलाई एक हप्ताका लागि निलम्बन गरिएको छ । शनिबार साँझ अस्पतालमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार गुप्तासहितको बैठकले घटनाको छानबिन गर्न ६ सदस्यीय छानबिन समति गठन गर्दै शनिबार आकस्मिक कक्षमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीलाई ...
: बिभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरुले श्रम शोषण भएको भन्दै निरन्तर विरोध प्रदर्शन गरेका छन् । आफूहरूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति बनाएर उनीहरुले प्रशिक्षार्थी चिकित्सक (इन्टर्न तथा आवासीय चिकित्सक) को ड्युटी समय नेपालको ...
: सिन्धुपाल्चोकको दुई निजी अस्पताल र एक स्वास्थ क्लिनिक शिल गरिएको छ । सुनकोशी गाउँपालिकास्थित सिन्धु सदाबहार अस्पताल, बाह्रबिसे नगरपालिकास्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र बलेफी गाँउपालिकास्थित पराजुली हेल्थ केयर प्रालि शिल गरिएको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ५२ र ५३ तथा बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (दोस्रो संशोधन, ...
— काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण (सर्भाइकल क्यान्सर स्क्रिनिङ) मा सहभागीमध्ये ९० महिलामा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) संक्रमण पुष्टि भएको छ । महानगरको स्वास्थ्य विभागका अनुसार संक्रमण पुष्टि भएका अधिकांश महिलालाई स्क्रिनिङअघि आफू संक्रमित भएको वा कुनै स्वास्थ्य समस्या छ भन्ने जानकारी नै थिएन । 'संक्रमण पुष्टि भएका ९० जनामध्ये २५ जनामा एचपीभी भाइरस ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम