मुख्य समाचार
गाजा सहरमा हमासका सुरक्षाकर्मीहरू र दुग्मुश परिवारका सशस्त्र सदस्यहरूबीच भीषण भिडन्त हुँदा कम्तीमा २७ जनाको ज्यान गए
गाजा सहरमा हमासका सुरक्षाकर्मीहरू र दुग्मुश परिवारका सशस्त्र सदस्यहरूबीच भीषण भिडन्त हुँदा कम्तीमा २७ जनाको ज्यान गए

। गाजा सहरमा हमासका सुरक्षाकर्मीहरू र दुग्मुश परिवारका सशस्त्र सदस्यहरूबीच भीषण भिडन्त हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। इजरायली सैन्य कारबाही अन्त्य भएपछि गाजामा भएको यो सबैभन्दा ठूलो हिंसात्मक आन्तरिक झडपहरूमध्ये एक हो।

प्रत्यक्षदर्शीहरुका गाजा सहरको जोर्डनियन अस्पताल नजिक नकावधारी हमास लडाकुहरू र दुग्मुश घरानाका लडाकुहरूबीच गोलीबारी भएको थियो।

हमासद्वारा सञ्चालित गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा बलहरूले ती सशस्त्र व्यक्तिहरूलाई घेराबन्दी गरी पक्राउ गर्न भीषण भिडन्त गरेको जानकारी दिए । मन्त्रालयले ‘एक मिलिसिया समूहको आक्रमण’ मा आठ जना सुरक्षाकर्मी मारिएको पुष्टि गरेको छ।

चिकित्सा स्रोतहरूका अनुसार, शनिबारबाट सुरु भएको भिडन्तमा दुग्मुश परिवारका १९ जना र हमासका ८ लडाकुहरू मारिएका छन्।


प्रत्यक्षदर्शीहरुका अनुसार झडप गाजा सहरको दक्षिणी क्षेत्र टेल अल-हावामा हमासका ३०० भन्दा बढी लडाकुहरूको टोलीले दुग्मुश परिवारका लडाकुहरू लुकेर बसेको एक आवासीय भवनमा हमला गरेका थियो ।

हमासद्वारा सञ्चालित गृहमन्त्रालयले शान्ति पुनःस्थापना गर्न खोजिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...