मुख्य समाचार
उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडाका प्रभावित स्थानीयले फोहोर विसर्जन रोक्ने चेतावनी
उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडाका प्रभावित स्थानीयले फोहोर विसर्जन रोक्ने चेतावनी

। काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडाका प्रभावित स्थानीयले फोहोर विसर्जन रोक्ने चेतावनी दिएका छन्।

आगामी १० कार्तिकभित्र आफ्ना माग सम्बोधन नभए फोहोर विसर्जन रोक्ने स्थानीयको भनाइ छ।


भौतिक पूर्वाधार, शहरी विकासमन्त्री कुलमान घिसिङलाई उनको कार्यकक्षमा आइतबार भेट गर्दै बञ्चरेडाँडा ल्यान्ड फिल साइटबाट प्रभावित स्थानीयले आफ्नो सरोकार राखे। भेटमा सहभागी नीरञ्जन सञ्जेलले ल्यान्डफिल साइट निर्माण सम्पन्न नहुँदै फोहोर फाल्ने काम भइरहेको तर स्थानीय प्रभावितहरूसँग गरिएको सम्झौता कार्यान्वयन नभएकोबारे मन्त्री घिसिङलाई जानकारी गराइएको बताए ।

‘हामीले हाम्रो सरोकार मन्त्रीज्यूसँग राखेका छौं। उहाँले हाम्रा माग पूरा गर्नुहुन्छ भन्ने विश्वास छ, कात्तिक १० गतेभित्र माग पूरा गर्नेतर्फ काम नभए हामी फोहोर विसर्जन रोक्नेछौं,’ अनलाइनखबरसँग उनले बताए।



काठमाडौं महानगरपालिकाले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेको बताएका उनले उल्टै स्थानीयमाथि सार्वजनिक मुद्दा लगाएर महानगरपालिकाले थप पीडित बनाएको बताए।



पीडित स्थानीयका सराेकार र यसअघिका सम्झौता कात्तिक १० गतेभित्र कार्यान्वयन थालनी हुनु पर्ने भन्दै सञ्जेलले कम्तीमा सार्वजनिक मुद्दा खारेज नगरिए फोहोर विसर्जन रोक्ने विषय मन्त्री घिसिङलाई जानकारी गराइएको बताए। उनका अनुसार मन्त्री घिसिङले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेर समस्या समाधानका लागि पहल गर्ने भन्दै आन्दोलनमा नजान आग्रह गरेका थिए।

‘हामीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि पटकपटक सहकार्यको प्रयास गर्‍यौं। तर, शाहले सम्झौता कार्यान्वयन गर्नुभन्दा प्रशासन लगाएर स्थानीयलाई दु:ख दिए,’ सञ्जेलले भने, ‘काठमाडौं सफा राख्ने दायित्व हाम्रो पनि हो । तर, यसो भन्दै गर्दा हामी रोग लागेर मर्नु त भएन। काठमाडौं उपत्यकामा बस्ने ७० लाख नागरिकसँग जति स्वास्थ भएर बाँच्न पाउने अधिकार छ, त्यति नै धुनिबेसी र ककनी गाउँपालिकाका जनताको पनि अधिकार छ। यो विषयमा संघीय र स्थानीय सरकार कहिल्यै बेलैमा गम्भीर बनेन।’

मन्त्री घिसिङसँगको छलफलमा स्थानीयले अब पटकपटक वार्ताको नाममा वार्ता नचाहेको र पटकपटक आन्दोलन गर्ने रहर पनि आफूहरूको नभएको भन्दै समस्या समाधानमा गम्भीर बनिदिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि ...
। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले चुनाव अघि नै पार्टीको नियमित महाधिवशेन गर्न ध्यानाकर्षण गराएको छ। पार्टीमा नियमित वा विशेष महाधिवशेनको बहस चलिरहेको बेला नेविसंघले चुनाव अघि नै १५ औं महाधिवशेन गर्न पार्टीको ध्यानाकर्षण गराएको छ। २५ असोजमा भएको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेविसंघले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेतिथि विरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा ...
तामझाम साथ थालिएको निगमको ग्वान्झाउ उडानमा एक जना मात्रै यात्रु, उडान स्थगित
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् । ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् । महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले सरकार ...