। थाइल्यान्डको बैंककबाट ११ किलोभन्दा बढी गाँजा लिएर आएका तीन भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिर छन् । उनीहरूबाट ११ किलो २७५ ग्राम लागुऔषध गाँजा बरामद भएको छ ।
एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।