मुख्य समाचार
जेनजी आन्दोलनमा बानेश्वरको वाणिज्य बैंकबाट लुटिएको ५ करोड र १८ किलो सुन अझै भेटिएन
जेनजी आन्दोलनमा बानेश्वरको वाणिज्य बैंकबाट लुटिएको ५ करोड र १८ किलो सुन अझै भेटिएन

। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको महिना दिन पुग्दा समेत लुटिएको रकम र सुनबारे केही पत्ता लाग्न सकेको छैन ।

आन्दोलन हिंसात्मक बन्दै आगजनी, तोडफोड र लुटपाटमा परिणत हुन थालेपछि लुटेराको समूहले बैंक नै तोडफोड गरेर लुटपाट गरेको थियो ।




बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीकाअनुसार नयाँ बानेश्वरको यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो ।

उनका अनुसार उक्त बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ । लुटिएको यो सुन कसले कहाँ पुर्‍यायो भन्ने अहिलेसम्म केही खुलेको छैन ।



यो घटनाबारे अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले अनुसन्धान गरिरहेको छ । परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराई अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको बताउँछन् ।

पक्राउ पर्नेहरुमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ छन् । उनीहरुले २४ भदौको प्रदर्शनका बैंक लुटपाट गरेको आरोप छ ।

पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । उनीहरुविरुद्ध चोरी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराई बताउँछन् । उनीहरुबाट करिब चार लाख र केही सुन पनि बरामद भएको प्रहरीले बताएको छ ।



सुन र नगद गरी करिब साढे ३८ लाख लुटपाट भएको बताइए पनि पक्राउ परेकाहरुबाट सुन र नगद गरी ५/६ लाख रुपैयाँ बराबर मात्रै भेटिएको छ । बाँकी रकम, सुन कसले कहाँ पुर्‍यायो केही खुल्न सकेको छैन ।

पक्राउ परेकाहरुले पनि बरामद सुन र नगद बाहेक आफूहरुले अरु नलगेको दाबी गर्दै आएका छन् । उनीहरुले अन्य व्यक्तिलाई आफूहरुले नचिन्ने पनि बताउँदै आएका छन् ।

प्रहरीले अहिले म्यानुअल्ली र प्राविधिक कोणबाट घटनाको अनुसन्धान गरिहेको छ । भिडिओ फुटेजहरु, सार्वजनिक तस्बिर, सीसीक्यामेराका फुटेजहरुलाई आधार मानेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यसरी लुटिएका सुन किनबेच हुनसक्ने भन्दै प्रहरीले बिल बिजक बिनाका सरसामानहरु खरिद नगर्न आग्रह पनि गरेको छ ।

बैंकमा धितो राखेर कर्जा लिएका सुन लुटेराहरुले लुटेका थिए । उक्त सुनहरु किनबेच हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ । सुन पसलमा ती सुनहरु किनबेच हुनसक्ने सुनचाँदी पसलहरुमाथि पनि प्रहरीले निगरानी राखेर अनुसन्धान अघि बढाएको छ ।

५ लाख बुझाउने भन्छन्–मान्छे चिन्दिनँ

यो बैंक लुटपाट भएको पाँच दिनपछि २९ भदौमा ललितपुर घर भएका सुरेश देउलाले प्रहरीमा ५ लाख १० हजार ५ सय रुपैयाँ बुझाएका थिए । जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुर पुगेर उनले तत्कालीन एसएसपी श्यामकृष्ण अधिकारीको रोहबरको उक्त रकम बुझाएका थिए ।

उक्त रकम नयाँ बानेश्वरकै राष्ट्रिय वाणिज्य बैंकको रहेको उनले बताएका थिए । कसरी कसरी प्राप्त भयो भन्ने प्रहरीले सोधपुछ गर्दा उनले लुटेराले पैसाको बिटो आफूतिर फालिदिएको बताएका थिए ।

‘बैंक लुटपाट हुँदै गरेको भिडिओ मोबाइलमा खिच्न थालेपछि तैले यही खोजेको होला भन्दै पैसाको बिटो फालेर उनीहरु गए’ देउलाले प्रहरी समक्ष भनेका छन् ।

पैसा बुझाउने देउलालाई प्रहरीले लुटपाटमा संलग्नहरुबारे पनि सोधपुछ गरेको थियो । तर उनले कोही कसैलाई पनि नचिन्ने बताएको प्रहरी अधिकारीहरु बताउँछन् ।

सेनाले पक्राउ गरेका पाँच जनाको संलग्नता देखिएन

आन्दोलनपछि राजधानीमा आगजनी, तोडफोड र लुटपाट मच्च्नि थालेपछि नेपाली सेनाले सम्पूर्ण सुरक्षाको कमाण्ड गर्दै फिल्डमा खटिएको थियो । सो क्रममा लुटपाट गर्ने खोज्नेहरुलाई पक्राउ समेत गरिएको थियो ।

त्यतिबेला सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गर्न खोजेको आरोपमा ५ जना पक्राउ गरेको बताएको थियो ।

‘हालको परिस्थितिको अनुचित फाइदा उठाएर’ लुटपाट गर्ने कोसिस भएको सेनाले बताएको थियो । लुटपाट गर्न खोजेको आरोपमा समातिएका उनीहरुविरुद्ध भने मुद्दा चलेन । प्रहरी स्रोतले भन्यो, ‘उनीहरुले लुटेको देखिएन । लुटपाट गर्न खोजेको भनेर सेनाले भनेको थियो । कुनै प्रमाण फेला नगरेपछि उनीहरुविरुद्ध मुद्दा चलेन’ प्रहरी स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि ...
। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले चुनाव अघि नै पार्टीको नियमित महाधिवशेन गर्न ध्यानाकर्षण गराएको छ। पार्टीमा नियमित वा विशेष महाधिवशेनको बहस चलिरहेको बेला नेविसंघले चुनाव अघि नै १५ औं महाधिवशेन गर्न पार्टीको ध्यानाकर्षण गराएको छ। २५ असोजमा भएको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेविसंघले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेतिथि विरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा ...
तामझाम साथ थालिएको निगमको ग्वान्झाउ उडानमा एक जना मात्रै यात्रु, उडान स्थगित
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् । ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् । महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले सरकार ...