मुख्य समाचार
मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक लगायतका सुविधाको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन
मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक लगायतका सुविधाको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन

। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक लगायतका सुविधाको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले देशभरका सबै प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै यस सम्बन्धमा तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो।

मन्त्रालयका मेडिकल ल्याब टेक्नोलोजिस्ट राज कुमार पाण्डेले जारी गरेको पत्रमा विभिन्न बुँदामा सुविधा व्यवस्था गर्न भनिएको छ ।

मन्त्रालयले दिएको निर्देशन अनुसार स्वास्थ्य संस्थाहरूले कार्यरत सबै नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तय गरेको सरह नपुग्ने गरी लागू गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै तोकिएको समय सन्दर्भमा कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने उल्लेख छ।

मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारीमा कार्य गराउन नपाइने र सक्कल शैक्षिक प्रमाणपत्रहरू कार्यालयले राख्न नपाइने व्यवस्था समेत गरेको छ ।

यसैगरी अनुबन्धको पत्र प्रदान गर्नुपर्ने र नर्सिङ लगायत अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक वैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउने निर्देशन समेत दिइएको छ।

नर्सिङ र स्वास्थ्यकर्मीहरूको सुविधा सम्बन्धमा देशभर वमोजिमका ५ (पाँच) बुँदा कार्यान्वयनका लागि पत्राचार भएकोमा सोको कार्यान्वयन नभएको भए तुरुन्त कार्यान्वयन गराउन र कार्यान्वयन अवस्था बारे मन्त्रालयमा पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि ...
। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले चुनाव अघि नै पार्टीको नियमित महाधिवशेन गर्न ध्यानाकर्षण गराएको छ। पार्टीमा नियमित वा विशेष महाधिवशेनको बहस चलिरहेको बेला नेविसंघले चुनाव अघि नै १५ औं महाधिवशेन गर्न पार्टीको ध्यानाकर्षण गराएको छ। २५ असोजमा भएको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेविसंघले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेतिथि विरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा ...
तामझाम साथ थालिएको निगमको ग्वान्झाउ उडानमा एक जना मात्रै यात्रु, उडान स्थगित
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् । ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् । महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले सरकार ...