मुख्य समाचार
मधेशका मुख्यमन्त्री सिंहले २८ असोजमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री सिंहले २८ असोजमा विश्वासको मत लिने

। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी २८ असोजमा विश्वासको मत लिने भएका छन् । मधेश प्रदेश सभाले आगामी २८ असोज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि मधेश प्रदेश सभा बैठक डाकिएको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।




गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाएका थिए ।

गत २३ र २४ भदौको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि सतिशकुमार सिंहले एकाएक कुरा फेरेका थिए ।



उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन् ।

बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । सो मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यता मधेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले र जनमतले गत बुधबार ५८ प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहितको पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि ...
। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले चुनाव अघि नै पार्टीको नियमित महाधिवशेन गर्न ध्यानाकर्षण गराएको छ। पार्टीमा नियमित वा विशेष महाधिवशेनको बहस चलिरहेको बेला नेविसंघले चुनाव अघि नै १५ औं महाधिवशेन गर्न पार्टीको ध्यानाकर्षण गराएको छ। २५ असोजमा भएको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेविसंघले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेतिथि विरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा ...
तामझाम साथ थालिएको निगमको ग्वान्झाउ उडानमा एक जना मात्रै यात्रु, उडान स्थगित
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् । ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् । महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले सरकार ...