मुख्य समाचार
गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्
गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्

। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका प्रमुख नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले संवादको नयाँ वातावरण प्रारम्भ गर्न पनि आग्रह गरेका छन् ।

‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् ।

महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै आएका छन् ।

यसैबीच उनले पुराना नेताहरूले बिदा लिनुपर्ने भन्दै अन्य दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्तालाई पनि प्रमुख नेतालाई छाड्न अनुरोध गर्नुपर्ने बताएका छन् ।

‘म एमाले माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रष्ट भन्नुपर्छ, अब नो मोर,’ थापाले भनेका छन् ।

नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने नभएको भन्दै आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिओबीका सदस्यले काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियो जेनजी आन्दोलनको समय नरहेको पुष्टि भएको छ । उनीबाट नक्कली पेस्तोल बरामद भएको छ । २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा घुसपैठ भएको र टिओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि ...
। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले चुनाव अघि नै पार्टीको नियमित महाधिवशेन गर्न ध्यानाकर्षण गराएको छ। पार्टीमा नियमित वा विशेष महाधिवशेनको बहस चलिरहेको बेला नेविसंघले चुनाव अघि नै १५ औं महाधिवशेन गर्न पार्टीको ध्यानाकर्षण गराएको छ। २५ असोजमा भएको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेविसंघले जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेतिथि विरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा ...
तामझाम साथ थालिएको निगमको ग्वान्झाउ उडानमा एक जना मात्रै यात्रु, उडान स्थगित
। गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उनले सरकार ...
। उदयपुरको चौदन्डीगढी- ७मा सर्पको टोकाइबाट एकजना वृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेल्टरका प्रहरी निरीक्षक बबिन राईले सर्पको टोकाइबाट चौदन्डीगढी नगरपालिका–७ प्रगति टोल बस्ने ७५ वर्षीया भगवती बञ्जराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गत साउन २५ गते बेलुका ५ बजे आँगनमा फोहोर सफाइ गर्ने क्रममा ती वृद्धालाई सर्पले दाँहिने हातको औंलामा टोकेको ...