मुख्य समाचार
हमासले बन्धक बनाएका २० जनालाई रिहा
हमासले बन्धक बनाएका २० जनालाई रिहा

। हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ ।

युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो ।

हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ । हमासले बन्धक रिहा गर्ने सहमतिपछि नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो ।

तर, हालसम्म जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन । उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरेर बन्धक बनाएको थियो ।


हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो ।

हालै हमासको नियन्त्रणबाट रिहा भएका बन्धकहरूको तस्वीर इजरायली सेनाले सार्वजनिक गरेको छ ।

जसमा जुम्ल्याहा दाजुभाई गली र जि बर्मन समेत रहेका छन् । उनीहरू रिहाइको खुशीमा आपसमा अंकमाल गरिरहेका देखिन्छन् । रिहाइपछिका तस्वीरमा बन्धकहरू इजरायली सैनिकसँग कुरा गरिरहेको पनि देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत इजरायल पुगेका छन् । ट्रम्पले सोमबार नै इजरायली संसदलाई सम्बोधन गर्ने छन् । साथै उनले बन्धकका परिवारलाई पनि भेट्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ट्रम्पले अघि सारेको शान्ति योजना अनुसार अमेरिकासहित इजिप्ट, कतार र टर्की समेतको मध्यस्थतामा इजिप्टको कायरोमा इजरायल र हमासबीच युद्ध रोक्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्लेगारिजम विवादको केन्द्रमा रहेका क्याम्ब्रिज विश्वविद्यालयका एक प्रोफेसरले राजीनामा दिएका छन्। बुधबार विश्वविद्यालयले प्रोफेसर जेसन आर्डेका बारेमा जानकारी सार्वजनिक गरेको छ। उनका ‘शैक्षिक योग्यता र मानार्थ नियुक्ति’ सम्बन्धी ‘नयाँ जानकारी’ पछि छानबिन सुरु गरिएको विश्वविद्यालयले जनाएको छ। आर्डे सन् २०२३ मा विश्वविद्यालयको सबैभन्दा कान्छो कालो जातिका प्रोफेसर बनेका थिए। उनले आफ्नो काममा त्रुटि भएको स्वीकार ...
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायल अमेरिकाको राम्रो साझेदार र सहयोगी देश भएको बताएका छन्। उनले साथीहरूबीच पनि मतभेद हुनसक्ने उल्लेख गरेका छन्। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ब्लेयर हाउसमा भएको बैठकमा आफ्नो विरोध नगरेको बताएका छन्। यसअघि केही रिपोर्टहरूमा नेतान्याहुले भान्सको विरोध गरेको दाबी गरिएको थियो। जेडी भान्सले इरानको प्रसंग उल्लेख गर्दै त्यहाँ ...
। दक्षिण कोरियामा अत्यधिक गर्मीका कारण भीषण हिटवेभ चलेको छ। राजधानी सोलमा बिहीबार तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यो अत्यधिक गर्मीका कारण अहिलेसम्म २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बिहीबार हिटवेभ प्रतिक्रिया सम्बन्धी बैठकमा सम्बोधन गरे। उनले भने, “हामीले कहिल्यै अनुभव नगरेको स्तरको अत्यधिक गर्मी दिनप्रतिदिन ...
। बङ्गलादेशले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको बुधबार नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गरेको विषयमा आक्रोश व्यक्त गरेको छ । हसिनालाई बङ्गलादेशको राष्ट्रियता र यहाँका जनता विरुद्ध सामुहिक अपराध गरेको आरोप लगाइएको छ । बुधबार जारी गरिएको एक प्रेस वक्तव्यमा बङ्गलादेशको विदेश मन्त्रालयले फरार दोषी नरसंहारकर्ता शेख हसिनालाई नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गर्ने अनुमति दिइएकोमा बङ्गलादेश आक्रोशित भएको ...
। इरान र ओमान होर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् । यद्यपि तेहरानले रणनीतिक जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्‍याएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको र ...