मुख्य समाचार
‘यदि ट्रम्प प्रशासनले आफ्नो धम्की कार्यान्वयनमा ल्यायो भने चीनले त्यसको उचित जवाफी कदम चाल्नेछ।’
‘यदि ट्रम्प प्रशासनले आफ्नो धम्की कार्यान्वयनमा ल्यायो भने चीनले त्यसको उचित जवाफी कदम चाल्नेछ।’

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा १०० प्रतिशत अतिरिक्त शुल्क लगाउने चेतावनी दिएपछि चीनले अमेरिकाले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकालाई उचित जवाफ दिने प्रतिक्रिया दिएको छ । उनले भने, ‘यदि ट्रम्प प्रशासनले आफ्नो धम्की कार्यान्वयनमा ल्यायो भने चीनले त्यसको उचित जवाफी कदम चाल्नेछ।’

उनले थपे, ‘चीन सम्भावित व्यापार युद्धबाट डराउँदैन र आफ्नो वैध अधिकारको रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछ। यसअघि ट्रम्पले चीनले दुर्लभ खनिजको निर्यातमा नियन्त्रण कडा गरेको भन्दै चीनको आलोचना गरेका थिए ।

ट्रम्पले चीनमाथि ‘अत्यन्त शत्रुतापूर्ण व्यवहार’ देखाएको र ‘विश्वलाई बन्धक बनाउने प्रयास’ गरेको आरोप पनि लगाएका थिए ।

ट्रम्पले चीनले आफ्नो नीति नबदले यस महिनाको अन्त्यमा राष्ट्रपति सी जिनपिङसँग प्रस्तावित बैठकमा सहभागी नहुने चेतावनी दिएका छन् ।

विश्लेषकहरूका अनुसार, यस प्रकारको बयानबाजीले अमेरिका–चीन व्यापार सम्बन्धमा नयाँ अनिश्चितता ल्याउन सक्छ र यसले विश्व बजारहरूमा असर पार्न सक्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्लेगारिजम विवादको केन्द्रमा रहेका क्याम्ब्रिज विश्वविद्यालयका एक प्रोफेसरले राजीनामा दिएका छन्। बुधबार विश्वविद्यालयले प्रोफेसर जेसन आर्डेका बारेमा जानकारी सार्वजनिक गरेको छ। उनका ‘शैक्षिक योग्यता र मानार्थ नियुक्ति’ सम्बन्धी ‘नयाँ जानकारी’ पछि छानबिन सुरु गरिएको विश्वविद्यालयले जनाएको छ। आर्डे सन् २०२३ मा विश्वविद्यालयको सबैभन्दा कान्छो कालो जातिका प्रोफेसर बनेका थिए। उनले आफ्नो काममा त्रुटि भएको स्वीकार ...
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायल अमेरिकाको राम्रो साझेदार र सहयोगी देश भएको बताएका छन्। उनले साथीहरूबीच पनि मतभेद हुनसक्ने उल्लेख गरेका छन्। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ब्लेयर हाउसमा भएको बैठकमा आफ्नो विरोध नगरेको बताएका छन्। यसअघि केही रिपोर्टहरूमा नेतान्याहुले भान्सको विरोध गरेको दाबी गरिएको थियो। जेडी भान्सले इरानको प्रसंग उल्लेख गर्दै त्यहाँ ...
। दक्षिण कोरियामा अत्यधिक गर्मीका कारण भीषण हिटवेभ चलेको छ। राजधानी सोलमा बिहीबार तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यो अत्यधिक गर्मीका कारण अहिलेसम्म २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बिहीबार हिटवेभ प्रतिक्रिया सम्बन्धी बैठकमा सम्बोधन गरे। उनले भने, “हामीले कहिल्यै अनुभव नगरेको स्तरको अत्यधिक गर्मी दिनप्रतिदिन ...
। बङ्गलादेशले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको बुधबार नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गरेको विषयमा आक्रोश व्यक्त गरेको छ । हसिनालाई बङ्गलादेशको राष्ट्रियता र यहाँका जनता विरुद्ध सामुहिक अपराध गरेको आरोप लगाइएको छ । बुधबार जारी गरिएको एक प्रेस वक्तव्यमा बङ्गलादेशको विदेश मन्त्रालयले फरार दोषी नरसंहारकर्ता शेख हसिनालाई नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गर्ने अनुमति दिइएकोमा बङ्गलादेश आक्रोशित भएको ...
। इरान र ओमान होर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् । यद्यपि तेहरानले रणनीतिक जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्‍याएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको र ...