मुख्य समाचार
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै

: मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। उनले विश्वासको मत पाउने सम्भावना छैन। उनले विश्वासको मत नपाएपनि आफ्ना धारणा सदनमा राख्न चाहेको बताए।


मधेस सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह सरकारमा एक्लो भएका छन्। मुख्यमन्त्री सिंहलाई समर्थन गरेका दलहरूले एकपछि अर्काले साथ छोड्दै गएपछि अहिले मुख्यमन्त्री सिंह एक्लो भएका हुन्। उनको आफ्नै दल जनमत पार्टीले समेत साथ छोडेपछि मुख्यमन्त्री सिंह एकल भएका हुन्। उनको पार्टीसहित सरकारमा सहभागी दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाले साथ छोडेका छन्।

भदौ २३–२४ गते जेन–जी पुस्ताको आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले औपचारिक रूपमा भने लिखित बुझाएनन्। मुख्यमन्त्रीको राजीनामा नआएपछी जनमतले स्पष्टीकरण सोद्धै मुख्यमन्त्री र मन्त्रीलाई राजीनामा दिने निर्देशन दिए। तर, मुख्यमन्त्री फिर्ता आएनन्।


मन्त्रीले भने पार्टीको निर्देशन मानेर राजीनामा बुझाए। साथै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिए। त्यसलगत्तै क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेले समेत सरकारलाई दिएको समर्थन फिर्ता लिए। सरकारलाई साथ दिरहेको लोसपाले पनि सोमबार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिए र मुख्यमन्त्री सिंह सरकारमा एकल अडिग छन्। उनलाई साथ दिइरहेका ४ वटै दलले राजीनामा दिइसके पनि उनले विश्वसाको मत लिने बताएका छन्।

शिक्षामन्त्रीको राजीनामा
मधेस प्रदेशको शिक्षा तथा संस्कृतिनमन्त्री रानीकुमारी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत लिनुभन्दा एक दिनअघि उनले मन्त्री पदबाट राजीनामा दिएकी हुन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट शिक्षा मन्त्री बनेकी तिवारीले सोमबार राजीनामा दिएकी हुन्।

यस्तै, लोसपाले मधेस सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ। लोसपाले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनलाई अब कुनै दलको समर्थन छैन्। मुख्यमन्त्री सिंह स्वयं एकल छन्। उनी प्रतिनिधित्व गर्ने दल जनमत पार्टीसहित नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिएको थियो।

मुख्यमन्त्री सिंहले भोलि दिउँसो १ बजे नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन्। उनले प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम व्यक्तव्यसहित प्रस्ताव पेस गर्ने कार्यसूची रहेको मधेस प्रदेश सभा सचिवालयले जनाएको छ।

मन्त्री बन्ने दाउ
जनमतले आफ्नै पार्टीका मुख्यमन्त्रीलाई विश्वासको मत फिर्ता लिएर अर्को सरकारमा मन्त्री बन्न जान तँछाडमछाडमा देखिएको छ। जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहलाई विश्वासको मत फिर्ता लिएर मन्त्रीको धेरैले आकांक्षा देखाएका छन्।

जनमतका नेता महेशप्रसाद यादवदेखि अन्य सांसदहरूले मन्त्री बन्न रुचि देखाएका छन्। मन्त्रीको लाइन दलका नेता यादव, चन्दनकुमार सिंह, इन्जिनियर वसन्त कुशवाहा, सञ्जय यादवसहितका सांसदहरू मन्त्री बन्ने लाइनमा छन्। कतिपयले मुख्यमन्त्रीलाई फिर्ता बोलाएर मन्त्री बन्न जानु लोभी प्रवृत्ति भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि ...
। काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि भएको थियो ...
, वाशिङटन डिसी (अमेरिका) । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गरेका छन् । उक्त चेम्बर अफ कमर्सले आयोजना गरेको ‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका नेपालको साझेदारीको मजबुती विषयक संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले पीडितहरूको उजुरी आए झापाको गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खुल्ने जानकारी दिएका छन् । उनले अहिलेको राज्य संयन्त्रमा यस्ता काम गर्न कुनै अवरोध नरहेको उल्लेख गरे । सोमबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यससम्बन्धी उजुरी अख्तियार वा प्रशासनमा आउनुपर्ने बताए । ‘पहिले उजुरी आउनुपर्‍यो । उजुरी अख्तियारमा पनि ...
: सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र सजायको माग गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई ...