मुख्य समाचार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इजिप्टमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी नहुने
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इजिप्टमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी नहुने

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इजिप्टमा हुने गाजा शान्ति सम्मेलनमा सहभागी नहुने भएका छन् ।

इजिप्टको शर्म अल–शेख शहरले एक सोमबार एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।

२० देशका नेताहरू सहभागी हुने शान्ति सम्मेलनमा इजरायली प्रधानमन्त्री नेतन्याहूले भने सहभागी नहुने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

इजिप्टको राष्ट्रपति कार्यालयले सम्मेलनमा भाग लिन नेतन्याहूलाई आमन्त्रित गरेको भएपनि उनी सहभागी नहुने निश्चित भएको छ ।



इजरायली प्रधानमन्त्रीको कार्यालयले एक वक्तव्य जारी गर्दै नेतन्याहू उक्त सम्मेलनमा सहभागी नहुने बताएको छ ।

आउँदै गरेको यहूदी पर्व सुकोटलाई ध्यानमा राख्दै नेतन्याहू इजिप्टको शान्ति सम्मेलनमा सहभागी नहुने भएका प्रधानमन्त्रीको कार्यालयले भनेको छ ।

साथै प्रधानमन्त्रीको कार्यालयले जारी गेरको वक्तव्यमा नेतन्याहूले शान्तिको प्रयासका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएको उल्लेख छ ।

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरसहित विश्वभरका झण्डै २० नेता इजिप्टको शर्म अल–शेखमा हुने सम्मेलनमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्लेगारिजम विवादको केन्द्रमा रहेका क्याम्ब्रिज विश्वविद्यालयका एक प्रोफेसरले राजीनामा दिएका छन्। बुधबार विश्वविद्यालयले प्रोफेसर जेसन आर्डेका बारेमा जानकारी सार्वजनिक गरेको छ। उनका ‘शैक्षिक योग्यता र मानार्थ नियुक्ति’ सम्बन्धी ‘नयाँ जानकारी’ पछि छानबिन सुरु गरिएको विश्वविद्यालयले जनाएको छ। आर्डे सन् २०२३ मा विश्वविद्यालयको सबैभन्दा कान्छो कालो जातिका प्रोफेसर बनेका थिए। उनले आफ्नो काममा त्रुटि भएको स्वीकार ...
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायल अमेरिकाको राम्रो साझेदार र सहयोगी देश भएको बताएका छन्। उनले साथीहरूबीच पनि मतभेद हुनसक्ने उल्लेख गरेका छन्। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ब्लेयर हाउसमा भएको बैठकमा आफ्नो विरोध नगरेको बताएका छन्। यसअघि केही रिपोर्टहरूमा नेतान्याहुले भान्सको विरोध गरेको दाबी गरिएको थियो। जेडी भान्सले इरानको प्रसंग उल्लेख गर्दै त्यहाँ ...
। दक्षिण कोरियामा अत्यधिक गर्मीका कारण भीषण हिटवेभ चलेको छ। राजधानी सोलमा बिहीबार तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। यो अत्यधिक गर्मीका कारण अहिलेसम्म २० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले बिहीबार हिटवेभ प्रतिक्रिया सम्बन्धी बैठकमा सम्बोधन गरे। उनले भने, “हामीले कहिल्यै अनुभव नगरेको स्तरको अत्यधिक गर्मी दिनप्रतिदिन ...
। बङ्गलादेशले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको बुधबार नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गरेको विषयमा आक्रोश व्यक्त गरेको छ । हसिनालाई बङ्गलादेशको राष्ट्रियता र यहाँका जनता विरुद्ध सामुहिक अपराध गरेको आरोप लगाइएको छ । बुधबार जारी गरिएको एक प्रेस वक्तव्यमा बङ्गलादेशको विदेश मन्त्रालयले फरार दोषी नरसंहारकर्ता शेख हसिनालाई नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष कुराकानी गर्ने अनुमति दिइएकोमा बङ्गलादेश आक्रोशित भएको ...
। इरान र ओमान होर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन् । यद्यपि तेहरानले रणनीतिक जलमार्ग पूर्ण रूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्‍याएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले दुवै देशबीच प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा सहमति भइसकेको र ...