मुख्य समाचार
इजरायली सेनाका अनुसार हमासद्वारा फिर्ता गरिएका बन्धकहरूको शव सङ्कलन गर्न रेडक्रस गाजा जाँदै
इजरायली सेनाका अनुसार हमासद्वारा फिर्ता गरिएका बन्धकहरूको शव सङ्कलन गर्न रेडक्रस गाजा जाँदै

: इजरायली सेनाका अनुसार हमासद्वारा फिर्ता गरिएका बन्धकहरूको शव सङ्कलन गर्न रेडक्रस गाजा जाँदैछ।


एक विज्ञप्तिमा आईडीएफ र इजरायली गुप्तचर एजेन्सी शिन बेटले रेडक्रस दक्षिणी गाजामा रहेको बैठक बिन्दुमा गइरहेको छ। यहाँ नेपाली विद्यार्थी विपिन जोशीसहित मृतक अपहरणकारीहरूको शव हस्तान्तरण गरिनेछ।



हमासको सैन्य शाखाले चार मृतक बन्धकको नाम पुष्टि गर्दै आज शव फिर्ता गर्ने घोषणा गरेको हो। फिर्ता गरिने चार बन्धकका शवमा विपिनसहित इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्ट, कतार र टर्कीका नेताहरूले गाजामा शान्ति पुनर्स्थापना गर्ने घोषणापत्रमा हस्ताक्षर गरेका छन्। सोमबार इजिप्टको शर्म अल-शेखमा आयोजित सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूको उपस्थितिमा हस्ताक्षर भएको थियो। यस अवसरमा ट्रम्पले भने,' एउटा नयाँ र सुन्दर दिन सुरू हुँदैछ, अब पुनर्निर्माण सुरु हुँदैछ।' उनले इजरायल र हमास बीच युद्धविराम ...
: इजरायलको राष्ट्रपति कार्यालयले अमेरिकी राष्ट्रपति ट्रम्पलाई देशको सबैभन्दा ठूलो नागरिक पदकबाट विभूषित गर्ने घोषणा गरेको छ। हमासले बन्धक बनाएका ४८ जनाको मुक्तिका लागि ट्रम्पले निर्वाह गरेको भूमिकाका लागि उनलाई सम्मानित गर्न लागिएको हो। इजरेली राष्ट्रपति आइज्याक हर्सोगले संसद्‌मा हुने भेटमा ट्रम्पलाई त्यसबारे औपचारिक जानकारी दिनेछन्। यद्यपि उक्त पदक अहिले नभइ पछि दिइनेछ। इजरेल जानुअघि ट्रम्पले ...
: हमासले सबै जीवित इजरायली बन्धकहरूलाई रिहा गरेको बताएको छ। मृतक बन्धकहरूको शव भने पछि हस्तान्तरण गरिने जनाइएको छ। हमासको नियन्त्रणमा २८ जनाको शव रहेको जनाइएको छ। इजरायली मिडियाका अनुसार हमासले १३ इजरायली बन्धकहरूको दोस्रो समूहलाई दक्षिणी गाजामा रेडक्रसलाई हस्तान्तरण गरेको छ। रेडक्रसका अधिकारीहरू बन्धकहरूलाई लिएर इजरायल पुगेका छन्। इजरायली सेनाले हमासद्वारा मुक्त गरिएका इजरायली बन्धकहरूको दोस्रो ...
। एक महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको बगराम एयरबेसको प्रसंग उठाउँदै अमेरिकाले यसमाथि पुन: नियन्त्रण कायम गर्न खोजेको बताए । यदि त्यसो नभएमा तालिबान सरकारले परिणाम भोग्नुपर्ने चेतावनी समेत उनले दिए । ट्रम्पले ट्रुथ सोशलमा लेखेका थिए, ‘यदि अफगानिस्तानले बगराम एयरबेसलाई यसको निर्माता अर्थात् अमेरिकालाई फिर्ता दिएन भने नराम्रो हुनेछ ।’ त्यसभन्दा अघि बेलायत भ्रमणका क्रममा ...
। जेनजी आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार भएका छन् । विपक्षी दलका नेता र सरकारी अधिकारीहरूका अनुसार सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा गएपछि उनको सरकार ढलेको हो । विपक्षी दलका नेता सिटेनी रान्द्रियनासोलोनियाइकोले राष्ट्रपति एन्ड्री रजोएलिनाले आइतबार नै देश छाडेर भागेको पुष्टि गरेको समाचार संस्था रोयटर्सले सोमबार जनाएको छ । विपक्षी ...