मुख्य समाचार
आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार
आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार

। जेनजी आन्दोलन चर्किएपछि अफ्रिकी मुलुक मेडागास्करका राष्ट्रपति एन्ड्री रजोएलिना देश छोडेर फरार भएका छन् ।

विपक्षी दलका नेता र सरकारी अधिकारीहरूका अनुसार सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा गएपछि उनको सरकार ढलेको हो ।

विपक्षी दलका नेता सिटेनी रान्द्रियनासोलोनियाइकोले राष्ट्रपति एन्ड्री रजोएलिनाले आइतबार नै देश छाडेर भागेको पुष्टि गरेको समाचार संस्था रोयटर्सले सोमबार जनाएको छ ।

विपक्षी नेताले रोयटर्ससँग भने, ‘हामीले राष्ट्रपतिको कार्यालयमा सम्पर्क गर्दा राष्ट्रपतिले आइतबार देश छोडिसकेको पुष्टि गरेका छन् ।’

राष्ट्रपतिको कार्यालयले सोमबार बेलुका ७ बजे राष्ट्रलाई सम्बोधन गर्ने जनाएको थियो । तर त्यसपछि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

सैनिक स्रोतले अनुसार राष्ट्रपति रजोएलिना आइतबार फ्रान्सेली सेनाको विमानमार्फत् मेडागास्करबाट बाहिरिएको बताएको छ ।

फ्रान्सको आरएफआई रेडियोका अनुसार उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग सम्पर्क गरेर देश छाडेका हुन् ।

सेनाका एक अधिकारीका अनुसार फ्रान्सेली सेनाको विमान आइतबार साँते मारी विमानस्थलमा अवतरण गरेको थियो ।

‘केही मिनेटपछि एउटा हेलिकोप्टर त्यहाँ आइपुग्यो र यात्रुलाई विमानमा चढायो, त्यो यात्री राष्ट्रपति रजोएलिना नै थिए,’ ती अधिकारीको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

पानीको संकट र बिजुली आपूर्तिको मुद्दा उठाउँदै गत सेप्टेम्बर २५ देखि मेडागास्करमा जेनजी प्रदर्शन सुरु भएको थियो ।

तर, लगत्तै आन्दोलनकारीले भ्रष्टाचार, शासकीय अव्यवस्था र आधारभूत सेवाको वितरणका पनि मुद्दामा प्रदर्शन चर्काए, जुन विद्रोहमा परिणत हुन पुग्यो ।

मेडागास्करको विद्रोह हालै नेपाल र मोरोक्कोमा भएका युवा आन्दोलनसँग मिल्दोजुल्दो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नेपालमा भदौ २३ र २४ गते भएको आन्दोलन विद्रोहमा परिणत हुँदा केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु परेको थियो ।

रजोएलिनाले सन् २००९ मा क्यापसाट नामक विशेष सेनाको सहयोगमा सत्ता कब्जा गरेका थिए ।

तर अहिले सोही एकाइ प्रदर्शनकारीहरूको पक्ष लिँदै सडकमा उत्रिएको छ । क्यापसाटका सैनिकहरूले आन्दोलन दबाउन गोली चलाउन अस्वीकार गरेका थिए ।

सैनिकहरूले नै हजारौं प्रदर्शनकारीलाई राजधानी अन्तानानारिभोको मुख्य चौकसम्म सुरक्षा दिएका थिए ।

उनीहरूले नयाँ सेना प्रमुख नियुक्त गर्दै सेनाको नियन्त्रण लिने घोषणा गरेका थिए । त्यसपछि रजोएलिनाले आइतबार चेतावनी दिँदै भनेका थिए–देशमा सत्ताकब्जाको प्रयास भइरहेको छ ।’

सोमबार अर्धसैनिक जेन्डार्मेरीको एक समूहले पनि प्रदर्शनकारीको समर्थनमा आफ्नो नेतृत्व परिवर्तन गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

त्यस्तै, जनआक्रोशको केन्द्र बनेका सिनेटका अध्यक्षलाई पदमुक्त गर्दै जिन आन्द्रे न्द्रेमन्जारीलाई कार्यवाहक अध्यक्ष बनाइएको छ ।

मेडागास्करको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थितिमा सिनेट अध्यक्षले कार्यवाहक राष्ट्रप्रमुखको भूमिका सम्हाल्ने व्यवस्था छ ।

सोमबार राजधानीको मुख्य चौकमा हजारौं नागरिकले राष्ट्रपतिले अब तत्कालै राजीनामा दिनुपर्ने भन्दै नारावाजी गरेका थिए ।

२२ वर्षीय होटल कामदार एड्रिनारिभोनी फानोमेगान्त्सोआले रोयटर्ससँग भने, ‘मासिक ३ लाख आरियारी (झण्डै ६७ अमेरिकी डलर) तलबले खाना खानसमेत पुग्दैन । १६ वर्षदेखि नेताहरूले जनताको लागि केही गरेका छैनन्, उनीहरू मात्रै धनी भएका छन् । हामी युवा पुस्ता, ‘जेन–जेड’, सबैभन्दा धेरै पीडामा छौं ।’

संयुक्त राष्ट्रसंघका अनुसार सेप्टेम्बर २५ यता भएको प्रदर्शन र सुरक्षाकर्मीबीचको झडपमा कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ ।

मेडागास्करमा पनि सत्ता परिवर्तनसँगै राजनीतिक अस्थिरता गहिरिँदै गएको छ । देशभरका हजारौं युवा अझै पनि सडकमा परिवर्तनको माग गर्दै प्रदर्शनरत छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा आएको विनाशकारी बाढीको प्रतिकार्यस्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ। अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री, उपकरण र जनशक्ति बोकेको ‘रोयल अस्ट्रेलियन एयर फोर्स’ को ‘सी-१७ ए ग्लोबमास्टर ३’ विमान नेपाल पठाउन लागेको जानकारी दिएको छ। नेपालले बेहोरिरहेको विपद्‌मा सिङ्गो अस्ट्रेलिया सरकारको साझा प्रतिकार्य अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागिएको विदेश मन्त्रालयले ...
। इरानी सेनाले संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ। यता, यूएईको रक्षा मन्त्रालयले भने इरानतर्फबाट आफ्नो जलक्षेत्रमा प्रवेश गर्दै गरेको एउटा ड्रोनलाई आफ्नो वायुसेनाले कारबाही गरेको पुष्टि गरेको छ। इरानी सेनाको दाबी के छ? बीबीसीका अनुसार, इरानी सेनाको जनसम्पर्क विभागले यूएईको अल-मिन्हाद बेसमा रहेका अमेरिकी हेलिकोप्टर र सैन्य ...
। अमेरिकी सेनाले इरानको लाराक द्विपमा रहेका दुईवटा सैन्य अड्डाहरूमा हमला गरेको छ । अमेरिकी एक अधिकारीले हमलाबारे पुष्टि गरेका छन् । जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो। अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इरानी रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ बिछ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको ...
। युनाइटेड अरब इमिरेट्स (यूएई) सरकार रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १ कराेड अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गर्न तयार भएको छ । यूएई एडको टोलीले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग भेट गरेर बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन तयार रहेको ...
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...