मुख्य समाचार
जनकपुर बोल्ट्सले दोस्रो संस्करणको लागि वेस्ट इन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त
जनकपुर बोल्ट्सले दोस्रो संस्करणको लागि वेस्ट इन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त

: नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो संस्करणको लागि वेस्ट इन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। चन्द्रपालको नियुक्तिले एनपीएपलमट पहिलो सिजनमा विजेताको रूपमा बनाएको छविलाई निरन्तरता दिने टिमले जनाएको हो।


चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढी रन बनाए। उनीसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ। उनले खेलाडीको रुपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताएका थिए।

२०२२ मा ५१ वर्षे चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक समेत रहिसकेका छन्।


मंसिर १ गतेदेखि सुरु हुने एनपीएलमा जनकपुर डिफेन्डिङ च्याम्पियनको रुपमा दोस्रो संस्करणमा चन्द्रपालको प्रशिक्षणमा उपाधि रक्षाको निम्ति उत्रने तयारीमा रहेको छ।

‘जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालसँग दीर्घकालीन सम्झौता गरेको छ। हामी विश्व क्रिकेटका तीव्र गतिमा बढ्दै गइरहेका लिगहरूमध्ये एकमा आफ्नो विरासतलाई अझ अगाडि लैजान प्रतिबद्ध छौँ। उनको उपस्थितिले हाम्रो प्रशिक्षण टोलीलाई स्थायित्व दिनुका साथै स्वदेशी जनशक्तिलाई सिक्न र बढ्न प्रेरित गर्नेछ। खेलका महान् दिग्गजका रूपमा उहाँको नयाँ विचार, रणनीति र दृष्टिकोणले बोल्ट्सलाई फेरि पनि विजेता बनाउने यात्रालाई बल दिने विश्वास छ,' जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले बताए।

जनकपुर बोल्ट्सलाई गत वर्ष एनपीएलको पहिलो संस्करणमा च्याम्पियन बनाउने प्रशिक्षक पुबुदु दासानायकेलाई धन्यवाद दिएको छ। दासानायके हाल अमेरिकाको राष्ट्रिय टोलीका प्रशिक्षणमा व्यस्त रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम