मुख्य समाचार
जनकपुर बोल्ट्सले दोस्रो संस्करणको लागि वेस्ट इन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त
जनकपुर बोल्ट्सले दोस्रो संस्करणको लागि वेस्ट इन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त

: नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो संस्करणको लागि वेस्ट इन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। चन्द्रपालको नियुक्तिले एनपीएपलमट पहिलो सिजनमा विजेताको रूपमा बनाएको छविलाई निरन्तरता दिने टिमले जनाएको हो।


चन्द्रपालले वेस्ट इन्डिजबाट १६४ टेस्ट र २६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्। आफ्नो २१ वर्षे अन्तर्राष्ट्रिय खेल जीवनमा चन्द्रपालले २० हजार भन्दा बढी रन बनाए। उनीसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टी–२० र इन्डियन प्रिमियर लिगमा खेलेको अनुभव छ। उनले खेलाडीको रुपमा काउन्टी क्रिकेटमा पनि लामो समय बिताएका थिए।

२०२२ मा ५१ वर्षे चन्द्रपाल सीपीएलको फ्रेन्चाइज टोली जमैका तलवाहजको प्रशिक्षक समेत रहिसकेका छन्।


मंसिर १ गतेदेखि सुरु हुने एनपीएलमा जनकपुर डिफेन्डिङ च्याम्पियनको रुपमा दोस्रो संस्करणमा चन्द्रपालको प्रशिक्षणमा उपाधि रक्षाको निम्ति उत्रने तयारीमा रहेको छ।

‘जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालसँग दीर्घकालीन सम्झौता गरेको छ। हामी विश्व क्रिकेटका तीव्र गतिमा बढ्दै गइरहेका लिगहरूमध्ये एकमा आफ्नो विरासतलाई अझ अगाडि लैजान प्रतिबद्ध छौँ। उनको उपस्थितिले हाम्रो प्रशिक्षण टोलीलाई स्थायित्व दिनुका साथै स्वदेशी जनशक्तिलाई सिक्न र बढ्न प्रेरित गर्नेछ। खेलका महान् दिग्गजका रूपमा उहाँको नयाँ विचार, रणनीति र दृष्टिकोणले बोल्ट्सलाई फेरि पनि विजेता बनाउने यात्रालाई बल दिने विश्वास छ,' जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले बताए।

जनकपुर बोल्ट्सलाई गत वर्ष एनपीएलको पहिलो संस्करणमा च्याम्पियन बनाउने प्रशिक्षक पुबुदु दासानायकेलाई धन्यवाद दिएको छ। दासानायके हाल अमेरिकाको राष्ट्रिय टोलीका प्रशिक्षणमा व्यस्त रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम