मुख्य समाचार
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने

। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ ।

धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् ।


नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित गरिएको इनास ग्लोबलले जनाएको छ ।

ग्लोबल महासचिव राजमान तामाङका अनुसार, पदाधिकारीको सुझाव तथा ग्लोबल अध्यक्ष, संस्थापक अध्यक्ष, संरक्षक र सल्लाहकारसँगको परामर्शपछि अधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गरिएको हो ।



विधानले तोकेको समयमा अधिवेशन सम्पन्न गर्नु संस्थाको अनिवार्य कर्तव्य भएकाले यो कदम उठाइएको बताइएको छ ।

अधिवेशन तयारी अन्तर्गत वर्तमान अध्यक्ष रामचन्द्र थापाको अध्यक्षता र संस्थापक अध्यक्ष पुष्प बरुवालको पहलमा विभिन्न बैठक र छलफल सम्पन्न भैसकेका छन् ।

ती बैठकले अधिवेशनलाई सुचारु र सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीलाई अघि बढाउने निर्णय गरेका छन् ।

उक्त अधिवेशनमा २०२५ देखि २०२७ कार्यकालको लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्ता, कोषाध्यक्ष, सह-कोषाध्यक्ष, क्षेत्रीय संयोजक तथा सह–संयोजक लगायतका नयाँ पदाधिकारी चयन गरिने छन् ।

अधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिमा इनास ग्लोबलकी संरक्षकद्वय मीरा राणा र नीता श्रेष्ठ, तथा ग्लोबल सल्लाहकार प्रदीप बम्जन छन् । इनास ग्लोबलका प्रवक्ता प्रकाश तिवारीले अधिवेशनलाई सफल बनाउन ग्लोबल समिति लागिपरेको बताए ।

इनास ग्लोबलले हाल विविधरुपमा देखिएका चुनौतीपूर्ण अवस्थाको माझ पनि संस्थाको सांगठनिक निरन्तरता र वैधानिकता कायम राख्दै अधिवेशन सफल बनाउन सबै पदाधिकारी र सदस्यहरूलाई सक्रिय सहयोगको आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम