मुख्य समाचार
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको चौथो खेलको रूपमा नेपालले आज भियतनामसँग खेल्दै
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको चौथो खेलको रूपमा नेपालले आज भियतनामसँग खेल्दै

: एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको चौथो खेलको रूपमा नेपालले आज भियतनामसँग खेल्दैछ। दशरथ रंगशालामा हुनुपर्ने खेल मैदानको अभावले नेपालले होम म्याच पनि भियतनाममा नै खेल्न‌ लागेको हो।


नेपाल भियतनाम बीचको खेल‌ नेपाली समयअनुसार ‌६:१५ थोङ नाट स्टेडियममा हुनेछ। यसअघि नेपाल र भियतनाम बीच अवे म्याच भएको थियो । अवे म्याचमा नेपाल भियतनामसँग ३-१ले पराजित भएको थियो।

एसियन कप छनोट अन्तर्गत नेपालले हालसम्म तीनवटा खेल खेलेको छ । ‌जसमा तिनै खेलमा नेपालले हार बेहोरेको छ। आजको खेलमा भियतनामसँग पराजित भएको खण्डमा नेपालले अर्को दुईवटा खेल्नु अगावै छनोट चरणबाट बाहिरिनेछ।


नेपालका लागि आज डिफेन्डर रोहित चन्दले राष्ट्रिय टिमको लागि १०० औं खेल खेल्दैछन्। नेपालका लागि कप्तान किरणकुमार चेम्जोङ पश्चात १०० खेलको आँकडा पूरा गर्ने रोहित दोस्रो खेलाडी हुन्।

नेपाल समूह 'एफ 'मा रहेर छनोटका खेलहरु खेल्दैछ। नेपालसहित यस समूहमा भियतनाम मलेसिया र लाओस रहेका छन्। जसमा मलेसियाले लगातार ३ खेल जित्दै ९ अंकसहित शीर्ष स्थानमा रहेको छ। भियतनामले तीन खेलबाट ६ अङ्क बटुल्दै समूहको दोस्रो स्थानमा रहेको छ। लाओसले ३ खेलबाट ३ अङ्क बटुलेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम