मुख्य समाचार
हमासले सबै जीवित इजरायली बन्धकहरूलाई रिहा गरेको बताए
हमासले सबै जीवित इजरायली बन्धकहरूलाई रिहा गरेको बताए

: हमासले सबै जीवित इजरायली बन्धकहरूलाई रिहा गरेको बताएको छ। मृतक बन्धकहरूको शव भने पछि हस्तान्तरण गरिने जनाइएको छ। हमासको नियन्त्रणमा २८ जनाको शव रहेको जनाइएको छ।


इजरायली मिडियाका अनुसार हमासले १३ इजरायली बन्धकहरूको दोस्रो समूहलाई दक्षिणी गाजामा रेडक्रसलाई हस्तान्तरण गरेको छ।

रेडक्रसका अधिकारीहरू बन्धकहरूलाई लिएर इजरायल पुगेका छन्। इजरायली सेनाले हमासद्वारा मुक्त गरिएका इजरायली बन्धकहरूको दोस्रो समूह आइपुगेको बताएको छ।


यसअघि, हमासले सोमबार बिहान सात इजरायली बन्धकहरूको पहिलो समूहलाई रिहा गरेको थियो। इजरायली सेनाले केही बन्धकहरूको पहिलो तस्बिर पनि जारी गरेको थियो।

इजरायलले अब प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। इजरायली बन्धकहरूको बदलामा, इजरायलले २५० प्यालेस्टिनी कैदीहरू र १ हजार ७०० भन्दा बढी गाजा कैदीहरूलाई रिहा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका, इरान र ओमानबीचको अन्तरिम सम्झौताको सम्भावना बढ्दै गएको छ । जसले मध्यपूर्वको सबैभन्दा जोखिमपूर्ण तनाव क्षेत्रमध्ये एक हर्मुज जलडमरूमध्य पुनः खोल्न सक्ने आशा बढाएको छ । प्रस्तावित सम्झौता केही सातादेखि चलिरहेको वार्ताको परिणाम हो । यसको उद्देश्य जुन १७ मा भएको अमेरिका–इरान युद्धविराम पुनःस्थापित गर्नु, विश्वको तेल आपूर्तिको करिब पाँच भागमध्ये एक हिस्सा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा दिइँदै आएको जन्मसिद्ध नागरिकताको प्रावधानलाई कडाइ गर्ने उद्देश्यले पुनः दुईवटा नयाँ कार्यकारी आदेश जारी गरेका छन्। सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेको केही हप्तापछि नै ट्रम्प प्रशासनले यो नयाँ कानूनी रणनीति अपनाएको हो। ह्वाइट हाउसस्थित राष्ट्रपति कार्यालयबाट जारी गरिएका दुई आदेशमध्ये पहिलो आदेशले गैर-अमेरिकी नागरिकका ...
: मध्य यमनमा हुथी विद्रोहीहरूले सैन्य शिविरहरूमा गरेको आक्रमणमा परी यमनको सरकारी सेनाका कम्तीमा ३० जना जवानको मृत्यु भएको छ। हालैका वर्षहरूमा यी दुवै पक्षबीच भएको भिडन्तमा यो सबैभन्दा घातक आक्रमणमध्ये एक हो। यमनको रक्षा मन्त्रालयका अनुसार मारिब र हदरामौत प्रान्तका विभिन्न सैन्य शिविरहरूमा बलिस्टिक मिसाइल र ड्रोन प्रयोग गरी आक्रमण गरिएको थियो। यी आक्रमणहरूमा परी ...
। प्लेगारिजम विवादको केन्द्रमा रहेका क्याम्ब्रिज विश्वविद्यालयका एक प्रोफेसरले राजीनामा दिएका छन्। बुधबार विश्वविद्यालयले प्रोफेसर जेसन आर्डेका बारेमा जानकारी सार्वजनिक गरेको छ। उनका ‘शैक्षिक योग्यता र मानार्थ नियुक्ति’ सम्बन्धी ‘नयाँ जानकारी’ पछि छानबिन सुरु गरिएको विश्वविद्यालयले जनाएको छ। आर्डे सन् २०२३ मा विश्वविद्यालयको सबैभन्दा कान्छो कालो जातिका प्रोफेसर बनेका थिए। उनले आफ्नो काममा त्रुटि भएको स्वीकार ...
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायल अमेरिकाको राम्रो साझेदार र सहयोगी देश भएको बताएका छन्। उनले साथीहरूबीच पनि मतभेद हुनसक्ने उल्लेख गरेका छन्। फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ब्लेयर हाउसमा भएको बैठकमा आफ्नो विरोध नगरेको बताएका छन्। यसअघि केही रिपोर्टहरूमा नेतान्याहुले भान्सको विरोध गरेको दाबी गरिएको थियो। जेडी भान्सले इरानको प्रसंग उल्लेख गर्दै त्यहाँ ...