मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताए
प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताए

: प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो नाममा भइरहेका सबै आर्थिक कारोबार तथा सङ्कलनहरू पूर्णतः अनधिकृत र गैरकानुनी ठगी भएको स्पष्ट पारेकी हुन्।


‘मेरो व्यक्तिगत वा कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति दिइएको छैन।’ उनले लेखेकी छन्,‘मेरो नाममा भइरहेका यस्ता सबै आर्थिक कारोबार तथा सङ्कलनहरू पूर्णतः अनधिकृत र गैरकानुनी ठगी हुन्।’



प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न आग्रह गरेका छन्। ‘यस कार्यालय र सम्माननीय प्रधानमन्त्रीज्यूको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासन/प्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरिन्छ।’ प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालबाहिर बसी कसैले त्यस्तो अनाधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराइदिनु हुन समेत अनुरोध छ।’
यसैगरी प्रधानमन्त्री कार्कीको नाममा 'फेक' फेसबुक आइडी बनाइएपनि हालसम्म कारबाही भएको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक तोकेका छन्। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकमा बोल्दै सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। ' मेरो स्वास्थका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु,' उनले भने,'उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।' जेनजी आन्दोलनपछि ...
: भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्। भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन्। उनीहरूले भूमि समस्या समाधान आयोग पुनर्स्थापना ...
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सम्बोधनका क्रममा सभापति देउवाले जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन्। उनले भने, 'उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ।' सभापति देउवाले नेपाली जनताको ...
: जेनजी आन्दोलनमा फरार कैदीलाई प्रहरीले बनेपाबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३५ वर्षीय रविन आचार्य रहेका छन्। काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा प्र ००१ ज ३८६ नम्बरको ईभी गाडीबाट उनलाई पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएको उनी २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्रतिष्ठा र छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचारसमेत गरिएको बताए। 'भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै ...