मुख्य समाचार
नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ
नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ

: नक्कली पेस्तोल देखाई लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन्।

नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका-१ घर भई पोखरा महानगरपालिका-२० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका-१२ शितलादेवी बस्ने पीडितलाई पेस्तोल देखाई लुटपाट गरेको जानकारी आएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई एउटा नक्कली पेस्तोलसहित पक्राउ गरेको हो।


साथै प्रहरीले उनले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक तोकेका छन्। सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितको बैठकमा बोल्दै सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्। ' मेरो स्वास्थका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवहाक सभापतिकारूपमा काम गर्नेगरी तोकेको छु,' उनले भने,'उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।' जेनजी आन्दोलनपछि ...
: भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने भन्दै अखिल नेपाल किसान महासंघ र भूमि अधिकार तथा श्रमिक संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्। भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयले भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी र श्रमजीवी जनताको अधिकार कुण्ठित गरेको भन्दै उनीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका हुन्। उनीहरूले भूमि समस्या समाधान आयोग पुनर्स्थापना ...
: नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जेनजीका जायज मागलाई सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा सम्बोधनका क्रममा सभापति देउवाले जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन्। उनले भने, 'उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ। यस विषयमा पनि बैठकमा छलफल हुनेछ।' सभापति देउवाले नेपाली जनताको ...
: जेनजी आन्दोलनमा फरार कैदीलाई प्रहरीले बनेपाबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका ३५ वर्षीय रविन आचार्य रहेका छन्। काठमाडौंबाट चौतारातर्फ जाँदै गरेको बा प्र ००१ ज ३८६ नम्बरको ईभी गाडीबाट उनलाई पक्राउ गरिएको हो। जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएको उनी २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते ज्यानै लिने मनसायले आफू र परिवारमाथि हमला गरिएको बताएका छन्। पार्टी कार्यालय सानेपामा आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै सभापति देउवाले आफ्नो प्रतिष्ठा र छबि गिराउन सुनियोजितरूपमा झुटो प्रचारसमेत गरिएको बताए। 'भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवारमाथि पनि ज्यानै ...