: मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदीले मंगलबार नेपालको संविधानको धारा १६८ उपधारा (२) बमोजिम सरकार गठनको आह्वान गरेकी हुन्।
मुख्यमन्त्री सतिषकुमार सिंहले राजीनामा दिएपछि उनले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने सदस्यले असोज २९ गते ४ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न सकिने प्रदेश प्रमुख कार्यालयका निवर्तमान सचिव शत्रुघन यादवले ताए।